|

कालिकोट : कर्णाली प्रदेशको कुल जनसंख्यामध्ये एक तिहाइ गरिबीको रेखामुनि रहेको पाइएको छ। नेपालको जनसांख्यिक, सामाजिक, आर्थिक तथा वित्तीय स्थितिको नेपाल राष्ट्र बैंकले निकाले पछिल्लो तथ्याङ्क अनुसार कर्णाली प्रदेश गरिबी, आयस्रोत र मानव विकासको स्थितिमा निकै पछाडि परेको देखिएको हो। 

कुल जनसंख्या १६,२३,६०२ मध्ये ५,८६,६८३ जना गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाएको हो। कर्णाली प्रदेशअर्थतन्त्र र वस्ती विकास विषयमा अनुसन्धान गरिरहेका  डा. दीपेन्द्र रोकाया भन्छन्, ‘विगतदेखि अहिलेसम्म पनि कर्णाली प्रदेश राज्यको मूलधारमा आउन सकेन। त्यसै कारण यहाँ गरिबीको खाडल बढ्दै गएको छ।’

राष्ट्रिय गरिबी दर पाँच प्रतिशत भन्दा कम राख्ने सरकारी लक्ष्य भएपनि कर्णाली प्रदेशमा गरिबीको दर ३६.५, गरिबीको विषमता तथा गरिबीको गहनता सबैभन्दा उच्च क्रमशः १०.१ प्रतिशत र ३.७ प्रतिशत हुनुले यहाँ गरिबीको रेखामुनिको संख्या उच्च रहेको मान्न सकिने डा. रोकायाले बताए। ‘अन्य प्रदेशकोभन्दा जनसंख्या हिसाबले कम भएको प्रदेशमा प्रतिशतका हिसाबले ठूलो गरिबीको खाडल कर्णाली प्रदेशमा रहेको मान्न सकिन्छ’, उनले भने, ‘कर्णाली प्रदेशमा गरिबीको दर अनुसार समृद्धिस्तर सबैभन्दा न्यून रहेको छ।’

कर्णाली प्रदेशमा अन्य प्रदेशमा राष्ट्रिय आयस्रोतमा औसत भन्दा कम रहेको र गरिबी तथा मानव विकास सूचकाङ्क प्रदेश बहु–आयामिक गरिबीको दर, गरिबीको दर, गरिबीको विषमता, गरिबीको गहनता, गरीबको संख्या धेरै रहेको कारणले यस प्रदेशको विकासका लागि उच्च इच्छाशक्ति कायम गरेर लगानीकर्ता आकर्षि गरेर उद्योगधन्दा, कलकारखाना र जलविद्युतको सम्भावना रहेका कारण  लगानी वृद्धि गर्नुपर्नेनेपाल बार एसोसियन कालिकोटका अध्यक्ष हिक्मतबहादुर बिष्टले बताए।

‘लगानी नभई यो प्रदेशको गरिबी हट्दैन’, उनले भने, ‘उच्चतम गरिबी रहेको यस प्रदेशको निम्नतम गरिबी रेखामुनि झार्ने हो भने राजनीतिक नेतृत्वको इच्छाशक्ति पनि तीव्र हुन आवश्यक छ।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.