|

पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन्। अफगानिस्तानको कुन्नर प्रान्तमा हवाइ कारबाहीमा उनी मारिएको अफगानिस्तानी रक्षा मन्त्रालयका प्रवक्ता जनरल मोहम्मद रदमानीशले शुक्रबार जानकारी दिएका छन्।

रदमानीशका अनुसार पछिल्लो एक गोप्य सूचनाका आधारमा अफगानिस्तानको कुनार प्रान्तमा पर्ने मारावारा जिल्लामा तालिवानविरुद्ध एउटा हवाइ आक्रमण भएको थियो। सो आक्रमण स्थानीय समय अनुसार बिहीबार राति साढे २ बजे भएको थियो।आक्रमणमा परी मारिने नेता तार्हिक ए–तालिवान पाकिस्तानका प्रमुख नेता रहेका समाचारमा उल्लेख छ। 

उनले घटनामा परी लडाकुतर्फ अरु पनि कोही मारिएको वा नमारिएको बारेमा भने केही बताएनन्। फाज्लुल्लाह मारिएको र उनको सवारी साधन पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रवक्ताको भनाइ छ।

पाकिस्तानी अधिकारीहरुका अनुसार मारिएका फाज्लुल्लाह पाकिस्तानमा अत्यधिक खोजीको सूचीमा रहेका व्यक्ति हुन्। सैन्य अधिकारीहरुले दिएको यस विवरणबारे तालिवानको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.