|
फाइल फोटो

रुकुम : मगर समुदायको बाहुल्य रहेका रुकुमपूर्व, रुकुमपश्चिम र रोल्पासहितका ठाउँमा भूमि (जमिन) को पूजा गर्ने पर्व 'भूमे' सुरु भएको छ। रुकुम, रोल्पाका अधिकांश स्थानमा प्रकृतिपूजक मगर समुदायले धुमधामका साथ भूमेपर्व मनाउँछन्।

हरेक वर्षको जेठ महिनाको अन्तिम दिन लेकबाट फूल टिपी ल्याएपछि भूमे अर्थात् भूम्या पर्व शुरु हुन्छ। शुक्रबार मौलिक पहिरनमा बाजागाजासहित लेकमा पुगी वन देवतालाई पूजा गरेर फूल टिप्ने विधि सम्पन्न भएको छ। 

शुक्रबारदेखि मंगलबारसम्म हरेक दिन बाजागाजासहित मगर समुदायका मान्छे भूम्या नाच नाच्छन्। मंगलबार बलि दिएर भूम्या पर्व समापन गरिन्छ। भूमि देवतालाई बलि चढाएपछि अनिष्ट नहुने र बालीनाली सप्रिने मगर समुदायमा जनविश्वास रहिआएको मगर समुदायका अगुवा भिउमान घर्तीले बताए।  

रुकुमपूर्वका मगर बाहुल्य भूमे र पुथाउत्तरगंगा गाउँपालिकासहित मुसिकोटमा यो पर्व मनाइन्छ। पर्वअन्तर्गत मगर समुदाय एक ठाउँमा जम्मा भएर हरेक दिन भूम्या नाच नाच्छ। सदरमुकाममा बसोबास गर्ने मगरहरु आफ्नो परम्परागत पहिरनमा सजिएर खलंगाको शहीद मैदानमा जम्मा भई एकापसमा रमाइलो गर्दै भूम्या नाच्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.