|

संखुवासभा : निर्माणाधीन बहुचर्चित राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रो जलविद्युतको  'ड्याम साइड' र 'पावर हाउस' जाने सडक अवरुद्ध भएको छ। लगातार तीन दिनदेखि परेको पानीका कारण मकालु गाँउपालिका नुम जाने एक मात्र सडकमा पहिरो गएपछि अवरुद्ध भएको छ।

चिचिला गाँउपालिकाको कुवापानीमा पनि वर्षाले पहिरो झरेपछि दुई दिनदेखि सडक अवरुद्ध भएको छ।  सडक भएर गुड्ने दर्जनौं साना तथा ठूला सवारी साधन अलपत्र परेका छन्। अरुण तेस्रोको निर्माण सामग्री बोकेर भारत बाट आएका ट्रक बाटैमा अलपत्र परेको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउन अस्थायी प्रहरी चौकी चिचिलाबाट प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी श्याम सारु मगरले जानकारी दिए।

यो सडकबाट मकालु गाँउपालिकाको हेदाङनागढी, मकालु सेदुवा, पावाखोला, हटिया र उत्तरी क्षेत्रमा रहेका भोटखोला गाँउपालिका जाने सयौ यात्रु र खाद्यान्न बोकेर जाने सवारी साधन बिच बाटोमै रोकिएका छन्। ड्याम साइड मकालु गाँउपालिका जाने सडक खुलाए लगत्तै पावरहाउस दिदिङ पुखुवा जाने सडक पनि खुलाउने तयारी भइ रहेको डीएसपी मगरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.