|

सुर्खेत : कर्णाली सरकारले सार्वजनिक गरेको बजेट नारा तथा कार्यक्रममय देखिएको छ। बजेटको रोचक पाटो २८ अंकलाई महत्त्व दिइएको छ। कर्णालीको बजेट २८ अर्ब २८ करोड २८ लाख २८ हजार रहेको छ । बजेटमा उल्लेख भएका केही कार्यक्रम र नारा–

–    ‘गाँउ गाँउमा सिंहदरवार, घर घरमा प्रदेश सरकार’
–    ‘समृद्ध कर्णाली, सुखी कर्णालीबासी’
–    जनता सडक कार्यक्रम
–    राजधानी पूर्वाधार विशेष कार्यक्रम
–    ग्रामीण सडक पहुँच कार्यक्रम
–    सहरी सडक साझेदारी कार्यक्रम
–    कर्णालीको पानी, जनताको लगानी’
–    ‘गुणस्तरयुक्त शिक्षा र शैक्षिक पूर्वाधार : प्रदेश समृद्धिको आधार’
–    ‘विद्यालय ल्याऔं, टिकाऔं र सिकाऔँ’
–    ‘साक्षर कर्णाली प्रदेश’
–    ‘छोरी–बुहारी प्राविधिक शिक्षा छात्रवृत्ति’
–    पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय
–    मुख्यमन्त्री कर्णाली खेलकुद प्रतियोगिता
–    ‘स्वस्थ जीवनको लागि खेलकुद’
–    ‘श्रम, सीप र रोजगार : युवासँग प्रदेश सरकार’
–    युवा स्वयंसेवक सञ्जाल
–    ‘स्वस्थ नागरिक : समृद्ध प्रदेश’
–    ‘सबैका लागि स्वास्थ्य बीमा’
–    ‘सुत्केरीलाई सेवा, भावी सन्ततिलाई टेवा’
–    ‘मानव सभ्यताको सम्मान : छुवाछुत र सामाजिक कुरीतिविरुद्धको अभियान’
–    ‘मनमोहन ज्येष्ठ नागरिक’
–    युवा स्वरोजगार कार्यक्रम
–    ‘अर्गानिक खेतीमा वृद्धि, कर्णालीको सम्बृद्धि’
–    साना किसान लक्षित किसान सरकार हातेमालो कार्यक्रम
–    ‘कर्णालीका ओखर, स्याउ : देश विदेश फिजाऔँ’
–    ‘हाम्रो उत्पादन हाम्रो सान, कृषि पेसालाई गरौँ सम्मान’
–    ‘घातक विषादीको प्रयोग हटाऔँ, मानव स्वास्थ्य र वातावरण जोगाऔँ’
–    एक निर्वाचन क्षेत्र, एक नमुना कृषि पकेट कार्यकम
–    ‘एक जिल्ला दुई नमुना पकेट क्षेत्र’
–    ‘कृषि पूर्वाधार, सुनिश्चित बजार’
–    ‘कृषिमा सिर्जनशीलता : उत्पादनमा आत्मनिर्भरता’
–    ‘एक वडा एक कृषि तथा पशु प्राविधिक’
–    मुख्यमन्त्री उत्कृष्ट कृषि पुरस्कार
–    ‘गरिबी विरुद्ध साझा अभियान’
–    ‘सम्बृद्ध कर्णालीका लागि सहकारी अभियान’
–    सहकारी नमुना गाउँ कार्यक्रम
–    ‘गाउँ–गाउँमा सहकारी, घर–घरमा रोजगारी’
–    युवा रोजगारी लक्षित कार्यक्रम
–    ‘युवा कृषि आकर्षण कार्यक्रम’
–    “एक स्थानीय तह, एक अर्गानिक उत्पादन”
–    साना तथा मझौला उद्योगग्राम
–    दलित लक्षित उद्योग विकास कार्यक्रम
–    ‘कर्णाली समृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार’
–    ‘कर्णाली पर्यटन सर्किट’
–    ‘युद्ध ट्रेल’
–    ‘निकुञ्जदेखि निकुञ्जसम्म’
–    ‘तालदेखि तालसम्म’
–    ‘वातावरण मैत्री हरित अर्थतन्त्र, समृद्धिको मूल मन्त्र’
–    भावी सन्ततिलाई विरुवा उपहार
–    ‘स्वच्छ वातावरणको लागि हरियाली’
–    ‘गरिब जनताको धन, जडिबुटी वन्यजन्तु र वन’
–    ‘समृद्धि र विकासका लागि शान्ति सुरक्षा, सुरक्षित प्रदेश जनअपेक्षा’
–    ‘व्यावसायिक सेवाको आधार, प्रविधियुक्त प्रहरी सेवाको विस्तार’
–    ‘हाम्रो प्रहरी, हाम्रो साझेदारी’
–    ‘प्रहरी युवा हातेमालो अभियान’
–    पर्वतीय प्रहरी प्रशिक्षण प्रतिष्ठान
–    ‘सबैका लागि सूचना, सबैतिर सञ्चार’
–    ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार’
–    पत्रकार स्वास्थ्य बीमा
–    ‘कानुनको अनभिज्ञता क्षम्य हुँदैन’
–    ‘कानुन निर्माण वर्ष’
–    कर्णाली रोजगार कार्यक्रम
–    ‘कर्णाली उज्यालो कार्यक्रम’
–    मुख्यमन्त्री एकीकृत बस्ती तथा नमुना गाउँ सहर विकास कार्यक्रम
–    ‘समृद्धिका लागि सहकार्य’
–    ‘आफ्नो गाउँ आफै बनाऔं’
–    ‘करदाता मैत्री कर प्रशासन’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.