|
अरुण तेस्रो अायोजना 'ड्याम साइड'

संखुवासभा : राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइडमा पहिरो खस्दा चार कामदार बेपत्ता भएका छन्। मकालु गाउँपालिका फ्याक्सिन्दास्थित सुरुङमार्गको २५ मिटरभित्र शुक्रबार बेलुकी पहिरो जाँदा दुई नेपाली र दुई भारतीय नागरिक बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा कालिकोट सिउना गाउँपालिका–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाचन्दननाथ नगरपालिका–१ का ४४ वर्षीय प्रेम परियार छन्। यस्तै अपरेटर भारत झारखण्डका बुधन मण्डा र इलेक्ट्रिसियन  नन्दकिशोर पहिरोमा परी हराएको डीएसपी श्याम सारु मगरले जानकारी दिए। 

सेना तथा प्रहरीको टोली खोजीका लागि खटिए पनि पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको डीएसपी मगरले बताए। उनीहरूको खोजीका लागि सदरमुकामबाट स्काभेटरसहित सेना र सशस्त्र प्रहरीको टोली खटाएको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.