|

लहान : सिरहाको विभिन्न गाउँमा शुक्रबार राति हिलोसहित वर्षा भएको छ। सिरहाको धनगढीमाई नगरपालिका–९ मुसहर्निया घर भएका नगरपालिकाका प्रवक्ता प्रकाश योञ्जनले आफ्नो घरबाहिर राखेको मोटरसाइकल बिहान उठ्दा हिलाम्य देखे। उनले भने, ‘काम सिध्याएर साँझ राख्ने बेलामा सफा गरेर राखेको मोटरसाइकल बिहान उठ्दा हिलाम्य थियो।’

त्यस्तै, धनगढीमाई नगरपालिका–१३ डाबरका महेश्वर श्रेष्ठले पनि घरबाहिर राखेको मोटरसाइकल बिहान उठेर हेर्दा हिलाम्य भेटिएको बताए। 

स्थानीय लक्ष्मी राम हिलोसहितको वर्षा भएकोमा उचम्मित भएको बताए। ‘५० वर्षको उमेरमा यस्तो वर्षा देखेको थिइन’ उनले भने, ‘शुक्रबार दिनभरको धुम्मिएको मौसमले नै अनौठो लागेको थियो, राति हिलोसहितको वर्षात् भएछ ।’

यो पनि हेर्नुहोस् :

भारतको प्रदूषणले नेपालमा हिलोसहित वर्षा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.