|

लहान : राजविराज नगरपालिका– १५ मुसहर्नियाकी १७ वर्षीया बेचनीकुमारी साहको हत्या गरी शव शौचालयको रिङमा हालेको अवस्थामा बरामद भएको छ। चार महिनाकी गर्भवती साहको शव सडेर दुर्गन्ध फैलिएपछि घटनाको खुलासा भएको हो।

उनको हत्या पाँच छ दिनअघि नै भएको अनुमान प्रहरीले गरेको छ। तीन चार दिनदेखि घरमा नदेखिएकी साहको घरसँगैको शौचालयको रिङबाट दुर्गन्ध फैलिएपछि स्थानीय बासिन्दाले खोजी गरेका थिए। त्यससँगै रिङमा कुहिएको शव भेटिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए।

शुक्रबार अपराह्न राजविराजस्थित जिल्ला प्रहरी कार्यालबाट खटिएको प्रहरी टोलीले घटनास्थल प्रकृति मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । 

मृतकका पति ३५ वर्षीय सुजकुमार साह छोरी डेढ वर्षीया प्रतिमासहित केही दिनदेखि बेपत्ता छन्। ज्वाइँले नै छोरीको हत्या गरेको माइतीको आरोप छ। छोरीसहित बेपत्ता भएकाले सुजकुमारले नै हत्या गरेको आशङ्का गरिएको प्रहरी नायब उपरीक्षक रिमालले जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.