तीन जिल्ला जोड्ने सडक ठप्प हुँदा समस्या

|

उदयपुर : सिरहाको मिर्चैयाँदेखि ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग ओखलढुंगा सोलुखम्बु र खोटाङको प्रमुख मार्ग हो। अहिले त्यही लोकमार्गमा पर्ने उदयपुरको कटारी नगरपालिकामा पर्ने कटारी घुर्मी सडक खण्डको ठाँटी मर्मतको लागि एक महिनादेखि बन्द भएको छ। गएको जेठ १३ गतेदेखि बन्द भएको ठाँटीमा आरसीसी ढलान र कालोपत्रेको काम भएको वेला गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरे। केही दिनअघि मात्र इलाका प्रशासन प्रमुख प्रशासकीय अधिकृत सुनिल पौडेललगायतको टोलीले अनुगमन पनि गर्‍यो।

जसले गर्दा ओखलढुंगा सोलुखम्बु र खोटाङलाई तराईसँग जोड्ने सिधा यातयात ठप्प छ। असार १३ गतेभित्र बन्द सडक सञ्चालनमा आउने गरी बन्द भएपछि एक नम्वर प्रदेशमा उच्च पहाडी क्षेत्रमा पर्ने सोलुखम्बु, खोटाङ र ओलढुंगामा नाकाबन्दी नै लागेको छ। ‘तीन जिल्लामा खाद्यनन्नदेखि नुन तेललगायतका उपभोग्य वस्तु ढुवानी हुने भनेको यही सिद्धिचरण लोकमार्गनै हो,’ उदयपुर उद्योग वाणिज्य संघ कटारी अध्यक्ष पुस्कर खड्काले भने, ‘गएको जेठ १३ गतेदेखि उक्त लोकमार्गमा पर्ने ठाँटी खण्डमा बन्द गरेर सडक विभाग लहान कार्यालयले ठेकेदार मार्फत मर्मत गरेकाले यातयात ठप्प भएको छ।’

उनका अनुसार ठूला तथा साना मालवाहक सवारी साधन सञ्चालन ठप्प भएको छ। जसको कारण ओखलढुंगा सोलुखम्बु र खोटाङमा उपभोग्य वस्तुको मुल्य बृद्धि हुनुको साथै अभाव र कालोबजारीसमेत बढेको छ।

ग्राहकको माग अनुसारका सामान अभाव

ओखलढुंगमा बजारमा ग्राहकको माग अनुसारको उपभोग्य वस्तु उपलब्ध हुन छाडेको उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केको भनाइ छ। ‘केही दिन ढुवानीको बैकल्पिक व्यवस्था नखोज्ने हो भने यहाँको दैनिकी कष्टकर बन्नेछ, यसमा सम्बन्धित निकायले ध्याँन जान जरुरी छ।’ उनले भने, ‘यता विपी राजमार्ग भएर घुर्मी हुँदै आउने ठुला मालवाहक सवारी सिन्धुलीमै रोकिएकाले झनै समस्या भएको छ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गएको जेठ १३ गते विपी राजमार्गमा ३२ सिट क्षमताका गाडी र १६ टन वजन भएका मालवाहक सवारी चलाउने इजाजत (रुट परमिट) दिएको थियो। सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले रिटको टुंगो नलागेसम्म ठूला सवारी साधनलाई विपि राजमार्गमा सञ्चालन गर्न नदिनु नदिलाउनु भनि अन्तरिम आदेश जारी गरेपछि त्यसको अवसर खोटाङ, ओखलढुँगा र सोलुखम्बुमा समेत परेको छ।

खोटाङ, ओखलढुंगा र सोलुखम्बुलाई देशका ठुला सहरसँग जोड्ने महोत्तरीको वर्दिवास हुँदै खुरकोट जोड्ने विपी राजमार्ग बाट उदयपुरको घुर्मी जोड्ने मध्यपहाडी लोमार्ग हो भने अर्को मुख्य रुपमा सिरहाको मिचैयाँदेखि ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग ओखलढुंगा सोलुखम्बु र खोटाङको प्रमुख मार्ग हो। प्रमुख मार्ग मानिने सिद्धिचरण लोकमार्ग मनिने उक्त लोकमार्गको ठाँटीनै बन्द भएपछि समस्या आएको छ।

असार १३ गतेबाट सञ्‍चालनमा आउने भनाइ

असार १३ गतेबाट काम सकिने र सडक सञ्चालनमा आउने गरी काम भएको सडक डिभिजन लहान कार्यालयका सूचना अधिकारी इन्जिनियर चित्ररञ्‍जन रानाले बताए। ‘एक महिनादेखि बन्द सडक असार १३ गते खुल्ने छ,’ उनले भने, ‘प्राविधिक स्टिमेटअनुसार काम भएको छ, गुणस्तरहीन भएको भन्ने गुनासो पनि आएका थिए, हामीले अनुगमन गरेर सच्याएका छौँ।’

ठाँटी बन्द भएपछि सिद्धिचरण लोकमागको गहुँवारी मयँखु हुँदै भदौरेबाट ट्यक्टर, जिपलगायतका सना सावरी सञ्चालनमा ल्याइएको थियो। सोही वैकल्पिक सडक लाहान कार्यालयले मर्मत गरेको सूचना अधिकारी रानको भानाइ छ।

लापरबाहीले रोकिएको थियो ठाँटी भीर निर्माण

सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकखण्डमा पर्ने ठाँटी भीर निर्माणमा लापारबाही भएपछि निर्माण कार्य रोकियो। सडक नै बन्द गरेर आरसिसीको कामसुरु गरिएको भए पनि चरम लापारबाही भएको गुनासो आयो। कटारी नगरपालिकाको उपप्रमुख भिककुमारी राउतको नेतृत्वमा प्राविधिकसहितको टोलीले अनुगमन गर्दा लापरबाही भएको पाइएपछि निर्माण रोक्यो। ठाँटी क्षेत्रमा सडक निर्माणका लागि विभिन्न भागमा विभाजन गरी निर्माण कार्य सुरु गरिएको थियो।

सडकको १२ सय मिटर पिचको जिम्मालिएको अम्बे विल्डर्स काठमाण्डौले १ करोड ५ लाखमा निर्माणको जिम्मा लिएको थियो। स्टिमेटको आधारमा ५ दशमलव ५ मिटर चौडाइमा पिच गर्नुपर्ने भएपनि ४ दशमलव ५ मिटर मात्र निर्माण भएको थियो। पिच गर्नको लागि ग्रावेल र रोलिङ्ग गर्नुपर्ने भय पनि धुलोमै अलाकत्रा छर्की पिचको तयारी थियो। ३ सय मिटर सडक आरसिसी ढलानको लागी ९० लाखमा निर्माणको जिम्मालिएको विकास निर्माण सेवा सिरहाले स्टिमेटको आधारमा ५दशमलव५ मिटर चौडाइ र ३० सेन्टिमिटर मोटाई आरसिसी ढलान हुनुपर्नेमा मापदण्डअनुसार नभएको पाइयो।

निर्माणकाका लागि बालुवालगायतका कच्चापदार्थहरु समेत माटो मिसिएको र गुणस्तरहिन प्रयोग गरेकोले आफूहरुले स्टिमेटअनुसार गुणस्तरीय सामाग्री प्रयोग नगरेको पाएपछि निर्माण कार्य रोक्नुपरेको उपप्रमुख राउतको भनाइ थियो।

गुणस्तर कायम गर्न लागिपरेका छौँ

गुणस्तर कायम गर्न लागिपरेको र परिणाम नपुगे थप काम लगाउने सडक डिभिजन कार्यलय लहानका इन्जिनियर चित्ररंन्जन रानको भनाई छ। उनले भने ‘गुणस्तरहिन कामको सवालमा आफुहरुले प्राविधिक खटाएको र्छौं निर्माण व्यवसायीसँग छलफल गरी मापदण्डअनुसारको काम गर्न निर्देशन लिएका छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.