|

काठमाडाैं : डाक्टर गोविन्द केसीले वर्तमान सरकार र सरकारमा सहभागी मन्त्रीहरूले पञ्चायतकालीन राजा महाराजाको प्रवृत्ति देखाएको आरोप लगाएका छन्।अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि शनिबार माइतीघर मण्डलामा मुखमा टेप टांसेर विरोध गरेका डाक्टर केसीले सरकारले जनतालाई रैती ठान्ने गरेको दाबी गरे। नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्दै सरकार एकतन्त्रीय र स्वेच्छाचारी ढंगले अघि बढेकाले आफूले मुखमा टेप लगाएर विरोध गर्नुपरेको स्पष्ट पारे।

सर्वोच्चले अपराधी ठहर गरेकालाई माफि दिएर सरकारले गणतन्त्रमाथि नै प्रहार गर्ने काम गरेको टिप्पणी उनले गरे। उपत्यकाका ७ स्थान बाहेक अन्यन्त्र सभा, सम्मेलन, प्रदर्शनमा रोक लगाउने सरकारको निर्णयलाई चुनौति दिदै उनी मण्डलामै बसेर जनताको अधिकारका लागि आवाज बुलन्द पार्ने बताए।

भ्रष्टाचार नियन्त्रण गर्छु भन्ने सरकारका मन्त्रीहरूनै भ्रष्टाचार भएको दाबी पनि उनले गरे। प्रधानमन्त्री, मन्त्रीहरू र नेताहरू स्वच्छ छविका भएमा ५० प्रतिशत भ्रष्टाचार कारवाही नगरिकनै कम हुने पनि दाबी गरे।

चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर पारित गर्नुपर्ने लागायत ६ बुँदे माग अघि सार्दै डाक्टर केसीले पुरा नभए सत्याग्रहसहित आन्दोलनका कडा कार्यक्रम ल्याउने चेतावनी पनि दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.