|

काठमाडौं : विश्वकप फुटबलको रौनकमा राजधानीको दरबारमार्गमा विभिन्न विधाका व्यक्तिहरु एकै स्थानमा भेला भएर विश्वकप फुटबलमा रमाएका छन्। चलचित्र तथा खेलकुद क्षेत्रका चर्चित अनुहारहरु भुवन केसी, अनमोल केसीदेखि दिपक बिष्ट, हरी खड्का, राजेश पायल राई, रुवी राणा, लगायतलाई एकै स्थानमा जमघट गराएर किंग्स लाउञ्जले भव्य रूपमा विश्वकप फुटबलको उद्घाटन खेल देखाएको हो।

दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जले विश्वकप फुटबलको उद्घाटन सत्रको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सबैभन्दा धेरै अवार्ड पाएका दीपक विष्ट, नेपाली फुटबलमा धेरै गोल गरेका हरि खड्का आकर्षणमा रहेका थिए।

त्यसैगरी नेपाली फुटबल टीमका कप्तान बिराज महर्जन, उपकप्तान भरत खवास, किरण चेम्जोङ, विमल घर्तीमगर, विकेश कुथु पनि विश्वकप हेर्न किंग्स लाउञ्ज पुगेका थिए।

हरि खड्काले नेपालमा पहिलोपटक विभिन्न विधाका राष्ट्रिय व्यक्तित्वहरु एकै स्थानमा जमघट भएर विश्वकप फुटबललाई भव्य रुपमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरे। त्यसै गरी दीपक विष्टले किंग्स लाउञ्जले सबै क्षेत्रका व्यक्तित्वलाई एकै स्थानमा जमघट गराएको भन्दै आभार प्रकट गरे।

अखिल नेपाल फुटबल संघका कार्यवाहक अध्यक्ष कृष्ण ब थापाका साथै उपेन्द्रमान सिंह, मधुसुधन उपाध्याय, पिताम्बर तिम्सिना पनि कार्यक्रममा उपस्थित थिए। क्रिकेट, व्याडमिण्टन, कराँते लगायत खेलका राष्ट्रिय खेलाडी तथा गोल्ड मेडलिष्टले पनि विश्वकपको उद्घाटन खेल किंग्स लाउञ्जमा नै हेरेका छन्। महिला खेलाडीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।

चलचित्र क्षेत्रका हस्ती भुवन केसी तथा अनमोल केसीका साथै राजेश पायल राई, बद्री पंगेनी, पहिलो मिस नेपाल रुबी राणा लगायतका चर्चित अनुहार सहभागि भए। १९७४ एडीका एड्रिन प्रधानका तथा समुहको विशेष सांगितक प्रस्तुतिले विश्वकपको उद्घाटन शत्रलाई विशेष बनाएको थियो।

विश्वकप फुटलको उद्घाटन सत्र हेर्न किग्ंस लाउञ्ज पुगेका सबै विधाका चर्चित अनुहारलाई आआफ्नो क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

लाउञ्जले संगीतमा अधिक रुचि भएका खेलप्रेमीहरूलाई लक्षित गर्दै २० वाई ११ फिटको एचडी स्क्रिनमा विश्वकप फुटलका खेलहरू प्रदर्शन गरिरहेको छ। लाउञ्जमा विश्वकप अवधिभरी खेलाडी, कलाकार, आम दर्शक, संगीतप्रेमी तथा खानाका पारखीहरुको नियमित रूपमा विशेष जमघट हुनेछ। उक्त अवसरमा लाउञ्जले सेवाग्राहीहरुलाई उत्कृष्ट किसिमको सेवा प्रदान गर्ने लाउञ्जले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.