|

वसन्त लिम्बू 
ताप्लेजुङ : ताप्लेजुङ सिरिजंघा गाउँपालिका-खेवाङमा पहिरोले एक घर पुरेको छ। शुक्रबार रातिको वर्षापछि शनिबार बिहान सात बजे पहिरो जाँदा मानबहादुर लिम्बूको घर पूर्णरूपमा पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ।

बिहान घरमा कोही नभएको समयमा पहिरो आएकाले मानवीय क्षति भने भएको छैन। १० मिटर माथिबाट पहरो  झरेको थियो। भाँडा वर्तन, लत्ता कपडा,अन्नपात र अन्य सामानहरू नष्ट हुँदा ९ लाख ३७ हजारबराबरको क्षति भएको प्रहरीको सञ्चार शाखाले जनाएको छ। घर पहिरोले पुरेपछि लिम्बूको आठजनाको परिवार छिमेकी जितबहादुर लिम्बूको घरमा बसेका छन्। 

उक्त स्थानमा प्रहरी चौकी खेवाङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा चारजनाको टोली खटिएर गएको छ। उक्त स्थान प्रहरी चौकी खेवाङबाट १ घण्टा पैदल पश्चिम पर्दछ। यसैबीच सोही पहिरोका कारण स्थानीय चन्द्रबहादुर विक, तारावीर विक, इन्द्रप्रसाद दाहाल, ओमप्रकाब साम्यू, नैनबहादुर लिम्बू र धनबहादुर गौतमको घरसमेत पहिरोको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.