|

वीरगन्ज : इस्लाम धर्मावलम्बीहरुले अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र पर्व मनाउने पर्व पर्साका मुस्लिम समुदायले पनि शनिबार मनाएका छन्। बिहानैदेखि विभिन्न मस्जिद र इदगाहहरूमा पुगी सामूहिक रूपमा नमाज पाठ गरी शुभकामना साटासाट गर्दै पर्साका मुस्लिमले पनि यो पर्व मनाएका हुन्।

बिहान १० बजेसम्म विशेष नमाज पाठ गरी त्यसपछि ठूलाबडा कहाँ आशिर्वाद लिने र दिने क्रम मध्यान्हसम्म चलाएका छन्। पर्साको मुर्ली, नगवा, छपकैया, श्रीपुर, ग्रामीण क्षेत्रका पनि विभिन्न मस्जिद र इदगाहमा पर्साका मुस्लिमहरूले नवाज पाठ गरी शुभकामना आदान प्रदान चलेको छ।

यो पर्वको मुख्य पक्ष भनेको गरीबलाई दान दिनु रहेको वीरगन्जका महमद सदापले बताए। पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने धार्मिक मान्यता रहेको उनको भनाइ छ। धार्मिक ग्रन्थ ‘कुरान’ पनि यो कुरा उल्लेख गरिएको अर्का हाजी लालबाबु शेखले बताए।

'यसरी दान गरिएको नगद वा जिन्सी गरीबलाई बाँडिन्छ। यो बाँडेको दानलाई  जकात भन्ने गरिन्छ' उनले भने, 'इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छे अनुसार नगद वा जिन्सी दान गर्ने चलन छ। यसलाई सत्कार फितर भनिन्छ। सो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनु पर्छ भन्ने मान्यता रहि आएको छ।'

गएको जेठ ३ गते शुक्रबारदेखि मुस्लिम  समुदायले व्रत (रोजा) सुरु गरी हिजो ( शुक्रबार ) सम्म एक महिना लामो ब्रत बसी चाँद (चन्द्रमा ) हेरेपछि भने इदुल फित्र पर्व मनाउने गरिएको मुस्लिम अगुावहरूको भनाइ छ। पर्वका अवसरमा घरपरिवारका सबैले नयाँ बस्त्र लगाउने गरिएको उनीहरुले बताए।

अरबी पात्रो हिजरी सम्वत् अनुसार दशौं महिनाको पहिलो दिन शनिबार नेपालका मुस्लिमहरुले पनि यो पर्व मनाएको नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगन्जका प्रबन्ध निर्देशक बसुरुद्दीन अंसारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.