|

जनकपुरधाम : एक महिलालाई विष सेवन गराइ हत्या गरेको अभियोगमा धनुषा जिल्ला अदालतबाट दोषी ठहर भएका तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। हत्याको अभियोगमा अदालतबाट दोषी ठहर भई फरार रहेका अभियुक्तलाई धनुषाले प्रहरीले झण्डै आठ वर्षपछि पक्राउ गर्न सफल भएको छ।   

२०६७ माघ १० गते धनुषाको धनुषाधाम-१ बस्ने वविता कुमारी कापरको हत्या अभियोगमा दोषि ठहर भई पविभिन्न स्थानहरूमा लुकीछिपी रहदै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा साविकको धनुषाधाम-१ बस्ने कारी यादव, सोही स्थान बस्ने हरिदेव यादव र नवल यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। सोही घटनामा अदालतले दोषि ठहर गरेका अन्य दुई कुञ्जीलाल यादव र राजकिशोर यादव भने अझै फरार रहेका छन्।

यसरी भएको थियो घटना

मृतक वविता कुमारी कापर र हरिदेव मण्डलबीच प्रेम विवाह भएको थियो। सो विवाहका कारण घरका अन्य व्यक्तिहरू असन्तुष्ट भएपछि घरपरिवारको उक्साहटमा हरिदेव मण्डलका घरका सदस्यहरू कारी यादव, सनत्तरा देवी यादव, कुञ्जिलाल यादव, नवल यादव र राजकिशोर यादवको भनाइमा परी हरिदेवले ववितालाई दिनहुँ पिटपाट तथा गाली गलौज गर्ने गरेको थियो।

सोही क्रममा २०७६ साल माघ माघ १४ गते श्रीमानसहित घरपरिवारको सहमतिमा विष खुवाइ मार्ने सल्लाह बमोजिम मृतक वविताका श्रीमान हरिदेवले विष खुवाइ मारेको अदालतको बयान पत्रमा उल्लेख छ। मतृकको ससुरा कारी यादवको निर्देशनमा सनेत्तरी यादव र नवल यादवले दुवै हात खुट्टा समाति हरिदेवले गिलासमा राखेर विष खुवाएको अदालतको बयानमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.