|

डोल्पा : डोल्पाका दुनै त्रिपुराकोटलगायतका मुख्य बजार अनुगमनका क्रममा बालश्रम शोषण भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गरिएको अनुगमनमा ठुलीभेरी भेरी नगरपालिकामा पर्ने सदरमुकाम दुनैमै बालबालिकाको श्रम शोषण धेरै भएको पाइएको हो।

सदरमुकाम दुनैमा रहेका एकदर्जन धेरै होटेलहरुमा बालश्रम शोषण भएको अगुवा कार्यालय महिला विकास कार्यालयले जनाएको छ।  राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय कानुनले पनि बालबालिकालाई कामदारको रुपमा काममा लगाउन बन्देज गरे पनि दुनै बजारमा भने यस्तो पाइएको हो।

दुनैका विभिन्न होटेलमा काममा लगाइएका बालबालिकालाई तत्काल उद्धार गर्न नसकिए पनि अधिकाशंले दसैँभित्रमा उनीहरुलाई श्रममुक्त गराउने बताएकोे महिला विकास कार्यालयले जानकरी दिएको छ।

शनिबार प्रशासनको अगुवाइमा सरोकारवालासहित त्रिपुरा सुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट बजारमा रहेका होटलहरुमा अनुगमन गर्दा बालबालिकालाई  श्रममा लगाएको पाइएको अनुगमन टोेलीले बताएको छ।

त्रिपुराकोटका रहेका सम्पूर्ण होटेलहरुमा अनुगमन गर्दा सबै होटेलमा बालबालिकालाई श्रममा लगाएको पाइएको प्रजिअ भूपेन्द्र थापाले जानकारी दिए। महिला विकास कार्यालय सदरमुकाम दुनैमै रहे पनि बालश्रम र महिला अधिकारको विषयमा प्रभावकारी हिसाबले काम गर्न नसकेको सरोकारवालाको बुझाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.