|

संखुवासभा : संखुवासभाको माकलु गाँउपालिका फ्याक्सिन्दामा निर्माणधीन राष्ट्रिय गौरवको आयोजना अरुण तेश्रोको ड्याम साइड निर्माण स्थलको  सुरुङमा शुक्रबार साँझ थुनिएकाको उद्धार अझै हुन सकेको छैन्। सुरुङको प्रवेश द्वारलाई पुर्ने गरी माथिबाट निरन्तरको पहिरो र वर्षाले पहिरो पन्छाउन नसकेपछि थुनिएकाको उद्धार हुन कठिनाइ भएको हो।

घटनाको उद्धार गर्न शुक्रबार साँझ नै सुरक्षाकर्मी खटाइए पनि छिनछिनमा पहिरो झरेकाले   समस्या उत्पन्न भएको प्रहरीले जनाएको छ। त्यस क्षेत्रमा लगातार पानी परिरहेकोले कारण उद्धार गर्न नसकिएको जिल्ला प्रहरी संखुवासभाका प्रमुख डिएसपी श्याम सारु मगरले जानकारी दिए।  पुरिएकाको उद्धारको लागि प्रहरी र नेपाली सेना खटाइएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए।

सुरुङभित्र थुनिनेमा कालिकोट जिल्ला सिउना गाउँपालिका-४ का ३२ वर्षीय प्रदीप शाही, जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका-१ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका सुधन मुण्डा र भारतकै बिहार प्रान्तकै नन्द किशोर सुरुङभित्र पुरिएका हुन्। दुई नेपाली लेबर हुन् भने भारतीय इलेक्ट्रिकल टेक्नीसियन हुन्। थुनिएका सकुसल भेटिने सम्भावना न्यून रहेको समेत सारु मगरले बताए। अहिलेसम्म त्यस ठाउँमा २६ मिटर सुरुङ खनिएको थियो।

दिउँसो गर्नुपर्ने काम रातको समयमा गरिएको र अक्सिजनसमेत प्रयोग नगरिएको बुझिएको छ। सतलज कम्पनीले आफ्नो कामदारलाई कार्य अवधीमा सुरक्षाका सामग्रीसमेत प्रयोग नगराइ लापरवाही ढंगले काम लगाएको स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.