|
मेसीको पेनाल्टी रोकेपछि आइसल्यान्डका गोलकिपर

अर्जेन्टिनाका कप्तान लियोनल मेसीको पेनाल्टी मिस भएको छ। अर्जेन्टिनाले ६४ औँ मिनेटमा पाएको पेनाल्टी ६ फिट ५ इन्चका आइसल्यान्डका किपर हन्नेस होल्डरसनले मेसीको रोकेका हुन्। 

फिफा विश्वकप २०१८ को समूह डी को पहिलो खेलमा आइसल्यान्डविरुद्ध अर्जेन्टिना खेलिरहेका छन्। उनीहरूले पहिलो हाफमा एक एक गोलको बराबरी खेलेका छन्। अर्जेन्टिनाका लागि सर्जियो अग्यूरोले १९औँ मिनेटमा गोल गरेका हुन्। अर्जेन्टिनालाई आइसल्यान्डले २४ औँ मिनेटमा जवाफ फर्काएको छ। आइसल्यान्डका लागि फिनबोग्सनले जवाफी गोल गरेका हुन्। 

शनिबार रुसमा जारी खेलमा अर्जेन्टिनाले पहिलोपटक विश्वकपमा भाग लिइरहेको आइसल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.