|

हुम्ला :  जिल्लामा एयर एम्बुलेन्सद्वारा सुत्केरी महिलाको उद्धार गरिएको छ। शुत्रबार राती १० बजे सुत्केरी व्यथाले लागेर सुुत्केरी हुन नसकेकी चंखेली गाउँपालिका ३ मेखाला गाउँकी २५ वर्षीया कल्पना रोकायाको हेलिकोप्टरबाट उद्धार गरिएको हो।

स्थानीबासी प्यारीलाल शाही कर्णालीका सामाजिक विकासमन्त्री दल रावल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रञ्जितकुमार यादवको पहलमा सुत्केरी महिलाको उद्धार भएको सुत्केरीका श्रीमान कलबहादुर रोकायाले जानकारी दिएका छन्।

हेलिकाेप्टरबाट उद्धार गरिएकी कल्पना रोकाया जिल्ला अस्पताल हुम्ला सामान्य रुपमा सुत्केरी भइसकेको जिल्ला अस्पताल हुम्लाका प्रमुख डाक्टर रञ्जितकुमार यादवले जानकारी दिएका छन्। उनले हुम्लाको समस्या सुरु जनाकारी नगराएर अन्तिममा आएर जानकारी गराउने गरेको डाक्टर यादवले बताए। गाउँमा सुत्केरी गराउने प्रयास गर्दा पनि सुत्केरी हुन नसेकेको कल्पनाका श्रीमान रोकायाले बताए। 

सुत्केरी रोकाया ५ बजेर एक मिनेटमा सुत्केरी भएकी आमा र बच्चाको स्वास्थ्य ठिक भएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाकी अनिमी सरीता बोहराले जानकारी गराइन्। बच्चा ३ केजी ७०० ग्राम तौल भएको बच्चा जन्मेको छ। 
 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.