|

ओखलढुंगा : चम्पादेवी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाललाई किर्ते गरी रकम दुरुपयोग गरेको आरोप लागेको छ।

निजी लगानीमा खनेको चम्पादेवी गाउँपालिका-६ अन्तर्गत हिटि चप्लेटि मोटरबाटोलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले नक्कली बिल भर्पाइ गरी रकम निकासा गरेको भन्ने आरोप लागेको हो।

प्रमुख प्रसासकीय अधिकृत दाहालले रकम हिनामिना गरेको भनिएको सडक निजी लगानीमा खनिएको बताइएको छ।  मोटरबाटो खन्ने ध्रुबराज घिमिरेले आफूले निजी लगानीका सडक खनेको भए पनि प्रमुख प्रसाशकीय अधिकृतले कागज मिलाएर रकमक निकासा गरी भ्रष्टचार गरेको बताए। आफूले निजी लगानीमा आफ्नो घरसम्म लानको लागि १०० मिटर बाटोलाई प्रमुख प्रसासकीय अधिकृत दाहालले  ६०० मिटर सडक खनेको भनी रकम निकासा गरेको आरोपसमेत लगाए। दाहालले वडा अध्यक्ष तिलक खडकालार्इ समेत जानकारी नगराइ सडकको मूल्यांकन गराएर रकम हिनामीना गरेको स्थानीयले आरोप लगाएका छन्।

निजी लगानीमा १०० मिटर सडक खनिएको भए पनि  सडकको मूल्यांकन ६०० मिटर गरी दुर्इ लाख ५० हजार रुपैयाँ रकम निकासा गरी हिनामिना गरेको पाइएको छ। उक्त विषयमा वडा अध्यक्ष तिलक खड्कासँग बुझ्दा सम्बन्धित वडाको अध्यक्षको उपस्थितिमा नागरिक भेला गराइ उपभोक्ता समिति निर्माण गर्नुपर्नेमा आफूलार्इ थाहा नदिइ काग पत्र मिलाएर भ्रष्टाचार गरेको बताए।

यस षियमा गाउँपालिका प्रशासकीय अधिकृत दाहालसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउनसमेत चाहेनन्। कर्मचारीले यसरी भ्रष्टाचार गरेका कारण स्थानीय तहको बदनाम हुने भएको हुँदा आफूहरू कानुनी प्रकृयामा जाने चम्पादेवी-७ का वडा अध्यक्ष सुरेश कुमार थापाले बताए। स्थानीय तहमा भ्रष्टचार फष्टाएको भन्दै सम्बन्धित निकायसँग कारबाहीको माग गरिएको वडा अध्यक्ष थापाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.