|

जनकपुरधाम : धनुषा प्रहरीले बैशाखदेखि असारसम्म गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ। टोलटोलमा प्रहरी अभियान कार्यक्रम सञ्चालनको सुरुवातबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बैशाखदेखि असारसम्म गरेको कामको विवरण सार्वजनिक गरेको हो। 

धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले पत्रकार सम्मेलनमार्फत कर्तव्य मुद्दाका चारजना, जवरजस्ती करणी मुद्दाका एकजना,  लागुऔषध मुद्दाका एकजना, ठगी तथा संगठित अपराध मुद्दाका एकजना, बिगो मुद्दाका दुईजना र लेनदेन मुद्दाको एकजना गरी जम्मा ११ जनालाई पक्राउ गरिएको र प्रकृतिअनुसार मुद्दा चलाइएको जानकारी दिए।

भन्सार चोरी निकासीसम्बन्धीमा प्रहरीले विभिन्न खाद्य वस्तुदेखि लत्ताकपडाका सामान अन्दाजी ४० लाख ६८ हजार ८२२ मूल्य बराबरसहित मोटरसाइकल १४ थान र ट्रयाक्टर दुई थानसमेत बरामद गरेको उनले जानकारी दिए। जसमा भन्सार चोरी निकासीमा संलग्न रहेको आरोपमा १० जनालाई समेत पक्राउ गरिएको उनले बताए। 

यसैगरी राति अबेरसम्म मदिरा बिक्री गर्ने २३ जना भट्टी संचालक, मापसे गरेर सवारी चलाउने ८५ जनालाई पक्राउ गरी प्रकृतिअनुसारको मुद्दा चलाइएको उनले बताए। साथै चारवटा मदिरा भट्टी नष्ट, एक हजार ८२० लिटर तयारी अवस्थामा रहेको मदिरा र सोको कच्चा पदार्थ २०० लीटर नष्ट गरिएको जनाएको छ। 

यसैगरी मापसे गरि चलाइएका सवारी साधनमध्ये मोटरसाइकल ८१, अटो तीन, बस एक, जीप दुई, पिकअप एक, ट्रयाक्टर छ, टेम्पो दुई, ट्रिफर एक, कार एक गरी जम्मा ९८ वटा सवारी साधन तथा चालकलाई कारवाही गरिएको प्रहरी उपरीक्षक थपलियाले जानकारी दिए। उनका अनुसार लागुऔषध नाईट्राभेटलगायतका नशालु पदार्थका टयाब्लेट १९ हजार ६९० पिस, गाँजा ३८ किलो ९४० ग्राम, ब्राउन सुगर १५० ग्राम, कोरेक्सलगायतका झोल लागुपदार्थ २५ बोतल नष्ट गरिएको छ।

लागुऔषधमा ८१ जना पक्राउ गरेको मध्ये २१ जना कारागार चलान भएको र ४८ जना धरौटीमा छुटेको तथा अन्य साधारण तारेख जमानीमा छुटेको जनाएको छ। यसैगरी ट्राफिक प्रहरीले ४ हजार ६५७ सवारी साधनलाई कारबाही गरी २९ लाख ४१ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जनाइएको छ। 

जिल्ला प्रहरी कार्यालयको विवरणअनुसार हातहतियार तथा खरखजाना मुद्दामा एक, पेट्रोलिम पदार्थको कृतिम अभाव श्रृजना गरी कालोबजारी गरेको आरोपमा चार, सवारी दुर्घटना गराइ अंगभंग गराएको आरोपमा दुई, जवरवस्ती करणी अन्तर्गत तीन, तथा ज्यान मार्ने उद्योग अन्तर्गत सातजना पक्राउ परेका छन्। त्यसैगरी महिला बेचविखन तथा ओसारपसार एक, महिला बेचविखन तथा जवरजस्ती करणीमा एक र अपहरण तथा जवरजस्ती करणीमा एकजनालाई धनुषा प्रहरीले पक्राउ गरेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.