|

प्युठान : प्रहरी नियन्त्रणमा भएका बेला एक जोडीको रहस्यमय मृत्यु भएको छ। प्युठानको झिमरूक गाउपालिका ५ का शिरबहादुर जि।सी। र सृष्टि जीसीको प्रहरी नियन्त्रणमा रहेको समयमा मृत्यु भएको हो।

दुबैले हाडनाता विवाह गर्न खाजेको भन्दै युवतीकी आमाले इलाका प्रहरी चौकी मच्छीमा उजुरी गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालयमा कुरा नमिलेपछि उनीहरूलार्इ जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो।

जिल्ला प्रहरीको मुद्दा फाँटमा मुद्दा लेख्दैगर्दा दुवैजनाले बान्ता गरेपछि उपचारका लागि प्युठान अस्पताल विजुवार लगे पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ।

प्रहरीले बिष खाएको अनुमान गरिएको जनाएको छ। प्रहरीका अनुसार मच्छीबाट सदरमुकाम पुर्‍याइएका उनीहरूले बीच बाटोमा बिष कसरी खाएको भन्ने विषय रहस्यमय बनेको छ।

बाटोमा चिया खान होटलमा गएका बेला उनीहरूले विष खाएको हुनसक्ने प्रहरीको अनुमान छ। तर ज्यान गुमाएकाका आफन्तले भने प्रहरीले हिरासतमा राखेर यातना दिएर यस्तो घटना हुन पुगेको आरोप लगाएका छन्।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक तथा डिएसपी राजेन्द्र पोख्रेलले हिरासतमा नराखिएको भन्दै आफन्तले घटनाबारे बुझ्न चाहे आफूहरूसँग सीसी क्यामेराको भिडियो सुरक्षित रहेको बताए।

दोहोरीयो घटना

प्रहरी नियन्त्रणमा रहेकै समयमा रहस्यमय मृत्यु हुने घटना दोहोरिएको हो। एक वर्षभन्दा अगाडि इलाका प्रहरी कार्यालय भिंग्रिको हिरासदमा एक युवकको रहस्यमय मृत्यु भएको थियो।

प्रहरीले नियन्त्रणमा लिएपछि राज्यको दायित्व

प्रहरीले नियन्त्रणमा लियपछि सुरक्षाको जिम्मेवारी लिनु पर्ने हुँदा पटक पटक घटना दोहोरिन नहुने नेपाल बार एशोसियशनका जिल्ला अध्यक्ष तथा कानुन व्यवसायी डा शिवराज पण्डितले बताए। 'प्रहरी नियन्त्रणमा आएको नागरिकलार्इ सुरक्षा दिने दायित्व राज्यको हुन्छ , गत वर्ष इलाका प्रहरी कार्यालय भिंग्रिमा पनि एक युवकको रहस्यमय मृत्यु भयो, यस बर्ष दोहोरीयो यो राम्रो पक्ष होइन', डा पण्डितले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.