|

काठमाडौं : खचाखच दर्शकले भरिएको सर्वनाम थिएटरको हल, तालिको वर्षा। त्यो माहोल भिन्न थियो। दर्शक, श्रोताको उत्साह पनि उस्तै, यस्तो माहोल गजलको क्षेत्रमा प्रत्येक दुई महिनामा सृजना हुन्छ। यसपटकको त्यही माहोलमा सुनिए दुई गजलकार। उनीहरूले गजल सुनाउँदै गर्दा श्रोताबाट कयौँ पटक 'वान्समोर'को आवाज पनि नआएको होइन।

यस्तै, माहोलमा प्रस्तुति दिए गोरखाका प्रदीप रोदन र झापाका लोकेन्द्र बञ्जाराले।  यस्तै महोल सृजना हुने गर्छ प्रत्येक दुई महिनामा। महफिलमा यसरी नै गजलका पारखीहरू रम्ने गर्छन्। यो महफिलको १५औँ शृंखला थियो। गजलकारद्वयले वाचन गरेको प्रत्येक जसो गजलमा दर्शको 'वान्समोर'को आवाज सुनिन्थे।

गजल वाचन गर्दै गर्दा गजलकारको पनि हाउभाउ उस्तै थियो। उनीहरूको प्रस्तुतिमा जो कोही रमाउन सक्थे। दुवै गजलकारको सृजनामा देशभक्त, भुँइमान्छे हुनुको पीडा झल्कन्थ्यो। गजलमार्फत जमाएका बञ्जारा र रोदनले श्रोताकै आग्रहमा केही अतिरिक्त गजल वाचन गर्न पाए। गजलकारद्वय श्रोताको वाहवाह पाए पछि वाचन गर्न निकै हौसिएका थिए। गजलबाटै बञ्जाराले सरकारले जसलाई पायो त्यसलाई शहीद घोषणा गर्ने गरेको भन्दै तिखो व्यंग्य पनि गरे। यो गजलमा उनले गरिब र धनीबीचको खाडल पनि देखाउन खोजेका थिए।

अधिकांश समसामयिक राजनीतिक घटना क्रम तथा श्रृंगारका गजल सुनाएर उनले श्रोतालाई मोहित बनाए। यस्तै, गजलकार रोदनले मानिसका दु:ख पीडाका कथा गजलमार्फत सुनाए। उनका गजलले पनि दर्शक र श्रोता मोहित बने।

यस्तै राज सिग्देलले गजल गाएर सुनाउँदै गर्दा श्रोताको वाहवाह कम थिएन। करिब तीन घण्टाको कार्यक्रममा दर्शन भने घटेनन्। सिग्देलले गजलकारद्वय रोदन र बञ्जाराकै गजल गाएर सुनाए भने अरू केही चर्चित गजल पनि सुनाए। त्यस क्रममा दर्शक श्रोताले पनि सँगै गाएर साथ दिए।

 गजल वाचन सकिएपछि महफिलका संयोजक गजलकार तथा कवि बाबु त्रिपाठीले अघिल्लो कार्यक्रम जस्तै यो पनि सफल भएको बताए। उनले गजलप्रति सधैँ नकारात्मक धारणा बनाउनेप्रति लक्षित गर्दै थाहाखबरसँग भने, ´नेपाली गजल कति अब्बल र सुन्दर छ भन्ने कुरा आजको महफिलमा वाचन गरिएका गजलले प्रस्तुत गरेको छ, सधैँ नकारात्मक धारणा बनाउनेहरुलाई आज वाचन भएका गजलले गतिलो झापड हानेको छ।`  

यस्तै, कार्यक्रममा उपन्यासकार विवेक ओझाको उपन्यास ' ऐलानी' माथि परिचर्चा पनि भएको थयो। महफिल सर्वनाम थिएटरको सहकार्यमा हरेक दुई महिनामा हुने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.