|

काठमाडौं : सवारी दुर्घटनाबाट मुलुकभर दैनिक पाँच जनाले मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ।

प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७४७५ बैशाख मसान्तसम्म दुई हजार ९७ जनाका दुर्घटनाबाट मृत्यु भएको समाचार कान्तिपुर दैनिकमा छापिएको छ। नौ हजार ५० वटा दुर्घटनामध्ये छ हजार ९९२ वटा चालकको लापरवाहीले भएको तथ्यांकमा उल्लेख छ।

हालसम्मको तथ्यांक विश्लेषण गर्ने हो भने अघिल्लो वर्षभन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या एक प्रतिशतले घटेको छ। तर, दुर्घटनाको प्रवृत्तिमा फरक देखिँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.