|

काठमाडौं : प्रमुख अतिथि बनाइएका व्यक्तिको नाम प्रमाणपत्रमा उल्लेख नै नगरी पुरस्कार वितरण गरिएको थाहा पाउनुभएको छ? तर भक्तपुरमा शनिबार यस्तै घटना भएको छ।

नेपाल तेक्वान्दो संघ प्रदेश ३ ले गरेको प्रदेश ३ स्तरीय तेक्वान्दो प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहमा प्रधान सेनापति राजेन्द्र क्षत्रीलाई प्रमुख अतिथि बनाएको थियो। प्रमुख अतिथि भए पनि प्रमाणपत्रमा उनको नाम थिएन।प्रधानसेनापति क्षत्रीले अन्य व्यक्तिले प्रमुख अतिथिको हैसियतमा हस्ताक्षर गरेको प्रमाणपत्र वितरण गरे।

क्षत्रीले भक्तपुर २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हस्ताक्षर गरेको प्रमाणपत्र वितरण गरेको समाचारअन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। कार्यक्रममा उपस्थित नै नभएका राखेपका सदस्यसचिव केशव विष्टको हस्ताक्षर पनि छ।

कार्यक्रममा उपस्थित नभएका व्यक्तिलाई प्रमुख अतिथिमा हस्ताक्षर गर्न लगाएर प्रमुख अतिथि बनेका क्षत्रीको अनादर भएको भन्दै खेलाडी र प्रशिक्षकले आपत्ति जनाएका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.