|

भक्तपुर : प्रदेश ३ स्तरीय प्रथम तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण, छ रजत जित्दै ललितपुर तेक्वान्दो संघले प्रथम स्थान हात पारेको छ। 

नेपाल तेक्वान्दो संघ प्रदेश ३ ले भक्तपुरमा गरेको प्रतियोगितामा तीन स्वर्ण दुई रजत र चार कास्यसहित नौ पदक जित्दै काठमाडौं तेक्वान्दो संघ दोस्रो भयो। दुई स्वर्ण र दुई कास्य पदक हात पार्दै भक्तपुर तेक्वान्दो संघ तेस्रो भएको छ। 

प्रदेश ३ स्थित १२ जिल्लाका १५० जना खेलाडीको सहभागिता रहेको प्रतियोगितामा १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा काभ्रेले २ स्वर्ण, नुवाकोट, मकवानपुर र धादिङले एक\एक स्वर्ण पदक जितेका छन्। 

महिलातर्फ ४६ केजी तौल समूहमा काभ्रेकी रेजुना ठकुरी उत्कृष्ट, ललितपुरकी गीता बलामी दोस्रो, काठमाडौँकी अस्मिता महर्जन तेस्रो खेलाडी, ४९ किलो तौल समूहमा काठमाडौँकी पूजा कुँवर प्रथम, चितवनकी लक्ष्मीदेवी श्रेष्ठ दोस्रो, भक्तपुरकी कसिस श्रेष्ठ र नुवाकोटकी सिर्जना तामाङ तृतीय भएका छन्। 

त्यस्तै, ५३ किलो तौल समूहमा काठमाडौँकी आयुषा लामा प्रथम, मकवानपुरकी सञ्जु तुम्सी मगर दोस्रो र चितवनकी रायसी लिम्बू तथा सिन्धुपाल्चोककी अनिशा गिरी तेस्रो भएका छन्। 

पुरुषतर्फ भने ५८ किलो समूहमा काभ्रेका कपिल थापा प्रथम, ललितपुरका पवन राई दोस्रो, दोलखाका राजेश तामाङ र चितवनका अनिल महतो तेस्रो भएका छन् भने ६३ किलो समूहतर्फ नुवाकोटका निशान शाक्य प्रथम, ललितपुरका सुमन लामा दोस्रो, सिन्धुपाल्चोकका सुजन रायमाझी र मकवानपुरका अनुप आलेमगर तेस्रो भएका छन्। 

ग्योरोगी तथा पुम्सेका विजेतालाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.