खोजी गर्न वर्षा पहिरो वाधक

|

संखुवासभा :  मकालु गाँउपालिका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको 'ड्याम साइड'को  सुरुङमा पुरिएकाहरूको खोजी तेस्रो दिन पनि जारी राखिएको छ। सुरुङको प्रवेशद्वारलाई पुर्नेगरी माथिबाट निरन्तर पहिरो गइरहेको र लगातारको  वर्षाका कारण शनिबार साँझ खोजी कार्य स्थगन गरिएको थियो।

उद्धार टोली सुरक्षित स्थानमा गएर बास बसेको र आइतबार बिहान ७ बजेदेखि पहिरो पन्छाउन जुटेको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) श्याम सारु मगरले जानकारी दिए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी एकसय भन्दा बढी  सुरक्षाकर्मी खटाइए पनि पहिरो नरोकिएकाले समस्या भएको प्रहरीले जनाएको छ।

त्यस क्षेत्रमा अहिले पनि पानी परिरहेको डीएसपी मगरले जानकारी दिए।  सुरुङभित्र थुनिनेमा कालिकोट जिल्ला सिउना गाउँपालिका–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका–१ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका सुधन मुण्डा र बिहारकानन्दकिशोर सुरुङभित्र पुरिएका हुन्।

दुई नेपाली कामदार हुन् भने दुई भारतीय प्राविधिक हुन्। हालसम्म त्यस ठाउँमा २६ मिटर सुरुङ खनिएको छ। दिउँसो गर्नुपर्ने काम रातको समयमा गरिएको र अक्सिजनसमेत प्रयोग नगरिएको बुझिएको छ।

निर्माण कम्पनी सतलजले कार्य अवधिभर  कामदारलाई सुरक्षा सामग्रीसमेत प्रयोग नगराई काम लगाउने गरेकको स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.