|

लहान : सप्तरीको राजविराज–३ का मोहम्मद सविर बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन्। गाउँकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार सबिरले बालिकालाई चकलेट दिन्छु भन्दै फकाएर भलुवाही खोला किनारमा लगेर शुक्रबार साँझ बलात्कार गरेकाे प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पक्राउ परेका उनलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो। उनीविरुद्ध जबरजस्ती करणीअन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ। 

यस्तै, किर्ते गरी नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक विपिन देव पक्राउ परेका छन्। उनलाई पनि प्रहरीले शनिबार नै सार्वजनिक गरेको छ।

भारतको बिहारको मधेपुरा जिल्ला घर भई हाल सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरी बस्ने विपीन देवले ०५२ जेठ २ मा कर्मचारीको दस्तखत र छाप किर्ते गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीले देवको साथबाट कीर्ते गरेर झिकेको नागरिकताका आधारमा जिल्ला प्रशासन कार्यालयबाट बनाएको राहदानी र मतदाता परिचयपत्र समेत बरामद गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.