|

जब युरो २०१६ को सेमिफाइनलमा जर्मनीले हारको सामना गर्नुपर्‍यो, त्यसपछि प्रशिक्षक जोकिम लोको युग अन्त्य भएको विश्वास गर्न थालियो। तर, विश्व विजेता जर्मनीले फेरि आपूmलाई त्यही खतरनाक लयमा फर्कायो अनि टनोट चरणमा सम्पूर्ण १० खेल जित्दै रुसको यात्रा तय गर्‍यो।

जसमा कुल ४३ गोल समावेश थियो। फ्रान्ससँगको हारपछि सो टोलीले कुनै हारको सामनासमेत गर्नु परेको छैन भने जेरोम बोटेंग, म्याट हम्मेल, म्यानुअल नुउर, टोनी क्रुस, मसट ओजिल, थोमस मिलर, मारियो गोत्ज, इल्के गन्डागन, मार्को रेज, सामी केडिरा तथा लोरे सेन जस्ता खेलाडीको अनुपस्थितिमै कन्फेडेसन कपमा उत्कृष्ट खेल खेल्यो।

यसअर्थमा यो विश्वकपको उपाधिको प्रमुख दावेदार जर्मनी पनि पहिलो पंक्तिमा उभिएको छ।

कसरी छनोट : युरोपेली समूह सी को विजेता । 
खेल्ने शैली : ४–२–३–१
स्टार खेलाडी : टोनी क्रुस (रियल म्याड्रिड)
पच्छाउनुपर्ने खेलाडी : लियोन गोरेत्जा  (साल्क)
प्रशिक्षक : जोकिम लो
उपाधिको सम्भावना : ५–१

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.