|

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका ७ र ८ छाप्रे गाउँमा सडक पुग्दा त्यहाँका स्थानीय हर्सित भएका छन्। सडक संजाल नछोएको गाउँमा पहिलो पटक सडक पुग्दा हर्सित बनेका हुन्। स्थानीय सरकारले बनेको एक वर्षमा कर्णाली राजमार्गबाट पाखेढुंगा ओखरभिटा हुँदै कालिका माध्यामिक बिद्यालय छाप्रेसम्मको ११ किलोमिटर सडक निर्माण भएर पहिलो पटक छाप्रे गाउँमा गाडी पुगेको छ।

जिल्लाको तिलागुफा नगरपालिका ७ र ८ छाप्रे गाउँमा गाडी पुग्दा स्थानीय ७७ वर्षीया नरी परियारले कर्णालीमा त के आफ्नै गाउँमा गाडी कहिले नआउने सोचेको बताएका छन्। कर्णाली राजमार्गबाट पाखेढुंगा ओखरभिटा हुँदै कालिका माध्यामिक बिद्यालय छाप्रेसम्मको ११ किलोमिटर सडक निर्माण भएर पहिलो पटक छाप्रे गाउँमा गाडी पुग्दा बृद्ध परियार निकै हर्षित भएकी थिइन्।

 बृद्ध परियारले आफ्नै गाउँमा गाडी आउला भन्ने कहिलै नसोचेको बताइन्। 'तिब्बत र बर्दियाको राजपुर महिनौ लगाएर नुन बोकेर गाउँमा ल्याउने गरेका थियाैं।' अहिले गाउँमा नै गाडी देख्न पाउँदा खुसी लागेको उनले बताइन्। ‘विगतमा महिनाैं लगाएर पिठ्युमा भारी बोक्दै नुन खाने गरेका थियौं।’ उनले भनिन्, ‘मैले कर्णाली राजमार्ग बन्ला जस्तो पनि लागेको थिएन। त्यो बन्यो। अहिले गाउँ नै गाडी आयो।’ त्यसैगरी कर्णालीमा गाडी आउँला भन्ने जीवनमा कल्पना नै नगरेका बृद्ध परियारले पनि अहिले गाउँ गाउँमा गाडी पुग्न थालेकोकाेमा खुशी हुँदै भने, ‘कर्णालीका भीरपाखा देख्दा मलाई राजमार्ग पनि बन्दैन झैं लागेकाे थियाे।’ उनले भने, ‘भीरमा पनि गाडी गुड्ने रहेछ। मान्छेको इच्छाशक्ति भए जता पनि गाडी पुग्दोरहेछ।’

नगरपालिका पहिलो प्राथमिकता सडक

तिलागुफा नगरपालिकाले पहिलो प्राथमिकतामा सडकलाई राखेको र चालु आर्थिक वर्षमा १० वटा वडामा सडक पुगिसकेको नगरपालिकाले जनाएको छ। ११ वटा वडा रहेको नगरपालिका १ वडामा मात्र सडक पुग्न बाँकी रहेको जनाइएको हो। 'आफूहरूले यो आर्थिक वर्षमा नगरपालिकामा सडकलाई प्राथमिकता दिएका छाैं। १० वडामा सडक संंजालले छोएको छ। नगरप्रमुख रतनवहादुर शाहीले भने, 'पहिलो वर्षमै १० वटा वडामा सडक खनिएको छ।' उनले भने, ‘कर्णाली राजमार्गअन्तर्गत सुर्खेत-जुम्ला सडक तिला नदीको तिरैतिर गएको छ। राजमार्गसँग जोडिन गाउँ गाउँमा सडक निर्माण भएका छन्।’

चालु आर्थिक वर्षमा सडकलाई पहिलो प्राथमिकता दिएको र  त्यो लक्ष्य पूरा भएको आगामी आर्थिक वर्ष सडक स्तरउन्नति र अन्य सामाजिक विषयमा बजेटलाई केन्द्रीत गर्ने नगर प्रमुख शाहीले बताए। ‘हामीले चालु आर्थिक वर्षमा सबै वडामा सडक पुर्‍याउने लक्ष्य राखेका थियौं। त्यो पूरा भएको छ।’ उनले भने, ‘आगामी आर्थिक वर्षमा अन्य सामाजिक लगायतका क्षेत्रमा बजेटलाई केन्द्रीत गरिनेछ।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.