|

काठमाडौं : भक्तपुर सू्र्यविनायक ८ स्थित रामबहादुर तामाङ्ग को कोठामा गत माघ १० गते चोरी भयो। चोरी गर्न राति तामाङको कोठामा प्रवेश गरेका लुटेराहरुले पेस्तोल र खुकुरी देखाएर लुटपाट गरेर फरार भएका थिए।

उनीहरुले १६ लाख भन्दा बढीको धनमाल लुटेका थिए। यसरी लुटेर फरार भएका दुई जनालाई चार महिनापछि अपराध महाशाखाले शुक्रबार ललितपुरको भैसेपाटीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप दोरम्बा–३ का २९ वर्षिय रोहितबहादुर थापा र सिन्धुपाल्चोकको मेलम्ची–१ का ४२ वर्षिय टोकलबहादुर तामाङ रहेका छन्।

यसरी अनेक उपाय रचेर चोरी गर्नेको सख्या उपत्यकामा कमी आएको छैन्। चोरीका घटना बढेको भन्दै प्रहरीले सादा पोसाकका प्रहरीलाई भीडभाड हुने ठाउँ र सार्वजनिक सवारी साधनमा समेत परिचालन गरेको छन्।

तर चोरीको घटनामा भने कमी आएको छैन। चोरीलाई स्थायी पेसा बनाउँदै आएकालाई सुधार्न कठिन हुने गरेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको भनाई छ। बेरोजगार युवायुवतीदेखि लागु पदार्थ दुर्व्यसनीमा परेका, साथीहरूको लहलहैमा र गरिबीका कारण चोरी, लुटपाटका घटनामा संलग्न हुने गरेका जोशीले बताए।

चोरी डकैती प्रहरी एक्लैको प्रयासमा नियन्त्रण गर्न नसकिने भन्दै यसका लागि सामाजिक जनचेतना हुनु अनिवार्य रहेको उनको भनाइ छ। प्रहरीको तथाङक अनुसार उपत्यकामा आर्थिक वर्ष २०७१ देखि हाल सम्म एक हजार आठ सय ९७ साना ठूला चोरीको घटना भएको छन्। उपत्यकाका सार्वजनिक बसमा समेत पाकेटमार देखि होसियार रहनु पर्ने अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीको भनाई छ। बसमा यात्रा गर्दा पकेटमार हरुले कोड भाषानै प्रयोग गरेर पाकेट मार्ने गरेको उप्रेतीको भनाई छ।  

उनीहरुले बसमा चढेका पैसावाल मान्छे देखे मास्टर ९ समूहका नाइके लाई खबर गर्छन्। चेपुवामा पारेर कोड भाषा प्रयोग गर्छन् र नाइकेले खल्तीबाट पैसा झिक्छ। केहीबेरमा गाडी रोक्न लगाएर सबै जना ओर्लिने गरेको प्रहरीको भनाई छ। अपराध महाशाखाका अनुसार यस्तो हुन्छ पाकेट मारको कोड भाषा। 

कोड भाषा  अर्थ भाषा

टिनुवा – पाकेटमार

खडी – लुटपाट

घोप्टे – खुकुरी

चिसो – छुरी र चक्कू

धुब्रदाई र रामे – पैसावाला मानिस

कान– मोवाइल

दस्ती तोडरदह – रूपैयाँ निकाल

थान – रू एक हजारको नोट

गज – रू १०० को नोट

सेतो आधा – रू ५०० को नोट

मास्टर – पाकेटमारको नाइके

ढेक – पाकेटमार्दा छेकछाक गर्ने मानिस

ठूला – सादा पोशाकको प्रहरी

लाटा – युनिर्फमको प्रहरी

मानबेचे – प्रहरी भ्यान

डे – केरकारको प्रहरी

टिप – खुद्रा पैसा खसाली टिप्न भनि अरूको खल्तीबाट निकाल्ने

निलचरी – आर्मी र सशस्त्र प्रहरी र पुलिस

बिरालो – सेतो भ्यान

प्रहरीका अनुसार यसरी पकेटमारहरु गगंबु, बालाजु, महाराजगंज, धापासी, भद्रकालीचोक, बौद्ध कपन, जोरपाटी, बानेश्वर, शंखमुल, मध्यबानेश्वर, बुद्धनगर, शान्तिनगर, पेप्सीकोला, गोठाटार, बाफल, कंलकी, कुलेश्वर, असन इन्द्रचोक, ग्वार्को नयाँ स्थान गोठाटार, कुलेश्वर र वाफल क्षेत्रमा बढी हुने गरेका छन्। यसरी कोड भाषा प्रयोग गरेको सुनेमा सतर्क रहन पर्ने प्रहरी भनाई छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.