|

दैलेख : दैलेखको गुराँस गाउँपालिका-६ पिलाडीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा प्रेम विकलाई राति निद्रा लाग्दैन्थ्यो। हरेक रात उनी निदाउनु अघि सधैँ सोच्थे 'हाम्रो विद्यालय राम्रो विद्यालय' कसरी बनाउन सकिएला भन्ने। उनले कैयौँ दिन र रातहरू राम्रो विद्यालय बनाउने योजनामै बिताए।

विकले सपना देखे, कल्पना गरे र त्योअनुसार अवसरहरू पनि खोज्दै गए। अध्यक्ष भएको दुई वर्षमै विद्यालयमा देखिने गरी परिवर्तन भएको छ। गुणस्तरीय सिकाइ वातावरणका सबै सूचकहरू विद्यालयले पूरा गरेको छ।

'हाम्रो समाजमा सपना देख्नेलाई राम्रो मानिदैन वास्तविकता त्यो हो जसले सपना देख्दैन उसले जिन्दगीमा केही गर्न पनि सक्दैन', आफ्नो अनुभव सुनाउँछन्।

कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयका सबै कक्षा कोठामा पि फर्म र कार्पेटको व्यवस्था गरिएको छ।

सबै कक्षा कोठा शैक्षिक सामाग्रीले छापामय देखिन्छन्। प्रत्येक कक्षामा सानो पुस्तकालय छ, जहाँ बाल सिकाइ सामाग्रीहरू राखिएको छ। शिक्षकले विद्यार्थीलाई कहिल्यै पढ भन्नु पर्दैन। उनीहरू आफैँ मन लाएर पढ्ने गर्छन्।

नजिकै निजी विद्यालय छ। तर त्यस समुदायका बालबालिकाहरू उक्त निजी विद्यालयमा जान मन गर्दैन्न। अध्यक्ष विकले भन्छन्, 'विद्यार्थीको नियमितता र सरकारी विद्यालयप्रतिको आकर्षण बढाउन विद्यार्थी र शिक्षकहरूको लागि टाई-वेल्ट पोषाक र परिचय पत्रको अनिवार्य व्यवस्था गरिएको छ।'

गत र चालु शैक्षिक सत्रमा झण्डै एक दर्जनभन्दा बढी बालबालिका निजी विद्यालयबाट सरकारी विद्यालयमा आएको विकको भनाइ थियो। उक्त विद्यालयबाट जति बालबालिका माथिल्लो कक्षा उर्त्तीण गरि बाहिर जान्छन, तिनीहरू सबै आफ्नो स्थान लिन सफल भएका छन्।

त्यसैगरी श्रोत केन्द्रस्तरीय हुने अतिरिक्त क्रियाकलापमा पनि कुनै न कुनै स्थान ल्याउन सफल भएको विकले बताए। अभिभावकको सक्रियताले विद्यालय राम्रो बनाउन सकिने उनको बुझाइ छ।

धनटाकुरीका अभिभावकहरू विद्यालयमा प्रत्येक दिन पालो लगाउने गर्छन्। आफ्नो पालोमा दिनभरी विद्यालयमा बसी क्षमताअनुसार काम गर्ने गरेका छन्। पढाउन सक्ने अभिभावकले खाली पिरियडमा पढाउँछन् र पढाउन नसक्नले विद्यालयको सरसफाईमा सहयोग गर्छन्। हेर्दा देखिन्छ विद्यालयप्रति समुदायको मोह बगैँचा हेर्ने मालीको भन्दा कम छैन्।

चाहे जस्तो गरी अझै विद्यालय सुधार गर्न नसकिएको विद्यालयका प्रधानध्यापक सूर्य वलीको भनाइ छ। 'हामीले जुन सोचेर लागेका छौँ पूरा गर्न सकिरहेका छैनौँ', प्रधानध्यापक सूर्य वलीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.