|

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पछिल्लो चार महिनामा पेट्रोलियम पदार्थमा पाँच पटक भएको मूल्य वृद्धिको चौतर्फी आलोचना भएपछि मूल्य घटाइएको हो।

आइतबार साँझ पत्रकार सम्मेलन गर्दै निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटेको जानकारी दिएको हो। निगमले पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ मूल्य घटाएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए। भारतबाट मूल्य घटेर आएका कारण पेट्रोलियम पदार्थको मूल्य घटाइएको उनले बताए। 

यस्तै, डिजेल र मट्टीतेलमा प्रति लिटर २/२ रुपैयाँ मूल्य घटेको छ। यसअघि डिजेल र मट्टीतेलको मूल्य ९५/९५ रुपैयाँ प्रति लिटर थियो। तर निमित्त कार्यकारी निर्देशक भट्टराईले भने दबाबका कारण मूल्य घटाइएको नभई अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेका कारण घटाइएको बताए। उनले भने, 'दबाबका कारण होइन, अन्तर्राष्ट्रिय मूल्यका आधारमा हरेक १५ दिनमा मूल्य समायोजन हुन्छ, त्यहीअनुसार नेपालमा घटाइएको हो।' 

२०७१ असोजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य कायम गरिएको थियो। त्यसपछि १९ पटक अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेअनुसार १९ पटक घटाएर समायोजन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.