|

तनहुँ : साडे ३ लाख भन्दा बढी रकमसहित १० जना जुवाडे आइतबार प्रक्राउ परेका छन्। बन्दीपुर गाउँपालिका ४ विमलनगरस्थित सिद्ध गुफा बेम्बो कटेजबाट अवैध रुपमा ३ लाख ६१ हजार ७४५ रुपैयाँ नगदसहित १० जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

नगद रुपैयाँ बाजी राखी जित हार हुने गरी जुवा खेल भइरहेको भन्ने सूचनाको आधारमा शनिबार राति साडे १० बजे प्रहरी निरीक्षकको अनुसन्धान टोली खटिई कटेजबाट १० जनालाई पक्राउ गरिएको हो। बन्दीपुर गाउँपालिका ४ का ४५ वर्षीय राजु भन्ने बलबहादुर थापा होटल सञ्चालकसहित खानतलासी गर्दा होटलको कोठाभित्र बिच्छाइ रहेको अवस्थामा नगद र तासका पत्तिसहित तास खेल्दै गरेको अवस्थामा १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए। 

प्रहरी नायव उपरीक्षक मल्लकाअनुसार जुवा तास खेल्दै गरेका शुक्लागण्डकी नगरपालिका ११ का ५७ वर्षीय कदमबहादुर तामाङ, आँबुखैरेनी गाउँपालिका १ का २९ वर्षीय प्रदीप घिमिरे, आँबुुखैरेनी १ कै ४१ वर्षीय प्रेम लम्साल, आँबुखैरेनी ३ का ४५ वर्षीय सोमबहादुर खत्री, बन्दीपुर गाउँपालिका ५ का २८ वर्षीय मदनकुमार श्रेष्ठ, बन्दीपुर १ का ६० वर्षीय आशबहादुर गुरुङ र ४५ वर्षीय सुरेन्द्रबहादुर पुन, भानु नगरपालिका १ का २८ वर्षीय शिव तामाङ र भानु नगरपालिका २ का ३९ वर्षीय प्रेमप्रसाद दवाडीलाई जुवाको खालबाटै पक्राउ गरिएको छ। 

उनीहरूको साथबाट नगद, मोबाइल सेटहरू र जुवा तास ५२ पत्ति बरामद गरिएको मल्लले बताए। १० जनालाई नै तनहुुँ जिल्ला अदालतमा उपस्थित गराई ३ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको मल्लले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.