|

दाङ : साबिक लालमटिया ७ की तुलसा बुढाले नेपाली नागरिकता त्यागका लागि जिल्ला प्रशासन कार्यालय दाङमा निवेदन दर्ता गराइन्। कारण थियो, बेलायती नागरिक बन्ने

। नेपालमा योग्यताअनुसारको रोजगार नभएपछि पढाइ तथा रोजगारको शिलशिलामा विदेश जानेको संख्या बढ्दै गइरहेको छ। जसले गर्दा पढाइको बाहाना बनाएर धेरै जना विद्यार्थी भिसामा ठूला देशमा जान्छन्। त्यसपछि विस्तारै उतैको रहनसहनमा भुल्छन् र उतै बस्ने जमार्को गर्छन्। यही कारणले गर्दा नेपाली नागरिकता त्याग्ने होडबाजी नै चलेको छ।

दाङबाट अहिलेसम्म लालमटियाकी तुलसा बुढाले नेपाली नागरिकता त्याग गरेकी छिन् भने नागरिकता त्याग्नेमा देशभरनै होडबाजी चलेको छ। नेपालमा ब्याप्त भ्रष्टाचार, अनियमितता, बन्दहड्ताल, सुस्त विकास निर्माणजस्ता कारणले नेपाल छोड्न थालेका छन् ।

‘विदेश गएकाहरू पनि लामो समय बसेपछि उतैको नागरिकता मिल्ने देखिएपछि यताको छोड्छन्’ दाङका साहयक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने, ‘ यो एउटा प्रक्रिया हो, विदेशमा नागरिकता लिन कागजात पेस गर्नेले यताको छाड्न पाउँछ।’

लामो समय विदेश बसेपछि उतै बिहेबारी गरेकाहरू, यताबाट परिवार पनि लगेकाहरूले नागरिकता त्याग्ने गरेका छन् । ‘जसलाई प्रामाणिक कागजात चाहिन्छ, उनीहरू नागरिकता खारेज गरिपाऊँ भनेर आउँछन्’ उनले भने  ‘नेपालीले नागरिकता त्याग्नु दुःखद भए पनि यो एक प्रकार इमानदारी पनि हो।’

आफू गएको/बसेको देशको र नेपाल दुवैको नागरिकता राखेर पछि कुनै घटना पर्दा झमेलामा पर्नेको तुलनामा नागरिकता त्याग्न आउनेलाई इमानदार मान्नुपर्ने उनले बताए। उनीहरूले उताको नागरिकता लिए/नलिएको जाँच गर्ने व्यवस्था भने नभएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.