|

भद्रपुर (झापा) : झापालगायत पूर्वो नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ। छिमेकी राष्ट्र भारतको सिक्किममा नेपाली समय अनुसार ८ बजेर ५२ मिनेटमा ४ दशमलव ७ म्याग्निचियुडको भूकम्प गएको भारतीय सञ्चारमाध्यमले जनाएको छन्।

उत्तरमा २७ दशमलव ५ डिग्री र पूर्वमा ८८ दशमलव ४ डिग्रीमा रहेर इपिसेन्टरको गहिरो २८ किलोमिटर रहेको जनाइएको छ।

भूकम्पले पूर्वो नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङमा महसुस गरिएको बताइएको छ। साथै भारतको सिक्किमसहित दार्जिलिङ जिल्लामा समेत धक्का महसुस गरिएको छ। भूकम्पले हल्लाएपछि महसुस गरिएको क्षेत्रमा त्रास फैलिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.