|

मेक्सीकोले सनसनिपूर्ण खेलमा साविक विश्व विजेता जर्मनीलाई पराजित गर्दा विश्व फुटबलमा ठुलै हलचल मच्चियो। जितपछि मेक्सीकोले नयाँ इतिहास कायम गर्यो। उसले पहिलो पटक जर्मनीलाई कुनै आधिकारीक प्रतियोगितामा हराउँदै आफनो नयाँ इतिहास लेखायो।

त्यस्तै, मेक्सीकोले पछिल्ला ६ मध्ये ५ औँ पटक विश्वकपको आफनो पहिलो खेलमा जित निकाल्यो। साथै साविक विजेताका रुपमा जर्मनी लगातार तेस्रो टिम बन्यो जसले पहिलो खेलमा  जीत निकाल्न सकेन। यसअघि इटालीले २०१० मा परागवेसँग १-१ गोलको बराबरी खेल्दा २०१४ मा स्पेन नेदरल्यान्डसँग ५-१ ले पराजित भएको थियो भने २०१८ मा जर्मनी मेक्सीकोसँग १-० ले हार्‍यो।ा

समग्रमा मेक्सीकोले जर्मनीविरुद्ध दोस्रो पटक जीत निकाल्यो। यसअघि १९८५ मा मैत्रिपूर्ण खेलमा पहिलो जीत निकालेको थियो। जर्मनीविरुद्ध गोल गरेका हिरभिङ लोजानो विश्वकप छनोटका दौरान सर्वाधिक गोल गर्ने मेक्सीकन खेलाडी बनेका थिए। उनले चार गोल गरेका थिए।

जर्मनीले खेलअवधिमा कूल २६ सट प्रहार गर्‍यो। कुनैपनि टिमले गोलविहिन सर्वाधिक धेरै सट प्रहार गरेको यो २००६ पछि पहिलो हो। त्यो बेला पोर्चुगलविरुद्ध इंग्ल्यान्डले २९ सट प्रहार गरेपनि गोल गर्न सकेको थिएन। मेक्सीकोले खेलेको १८ वटा विश्वकपका समूहचरणका खेलमा २ वटामा मात्र पराजय भोगेको छ।

मेक्सीकोका राफेल माक्रुएज लगातार पाँचौ पटक विश्वकप खेल्ने तेस्रो खेलाडी बनेका छन्। उनले २००२ यता लगातार विश्वकप खेल्दै आएका छन्। त्यसअघि मेक्सीकोकै एन्टोनी कारबजलले १९५० देखि १९६६ सम्म खेलेका थिए। त्यस्तै जर्मनीका लोथर म्याथ्युले १९८२ देखि १९९८ सम्म खेल्दै पाँच पटक विश्वकप खेलेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.