ब्राजिलको ८४ वर्षको ऐतिहासिक निरन्तरतामा 'ब्रेक'

|

विश्वकपको प्रबल दावेदार मानिएको अर्जेन्टिना पहिलो खेलमा बराबरीमा रोकियो, त्यो पनि पहिलोपटक विश्वकप खेलिरहेको आइसल्यान्डसँग। जर्मनी त मेक्सिकोसँग पराजित नै भयो। डिफेन्डिङ च्याम्पियन जर्मनीलाई विश्वकपको प्रबल दावेदार मानिएकामा मेक्सिकोविरुद्ध पहिलो खेलमा एक गोल पनि गर्न सकेन। अब, विश्वकपको प्रबल दाबेदार मानिएको ब्राजिल पनि सोही लाइनमा आइपुगेको छ, पहिलो खेल बराबरी खेलेर। रुस विश्वकप २०१८ मा विश्वकपका प्रबल दावेदार मानिएका यी तीन देशको सुरुवात राम्रो हुन सकेको छैन।

स्वीजरल्यान्डले ब्राजिललाई बराबरीमा रोकेको छ। दुवै देशले १-१ गोल गरेका थिए। 

ब्राजिलका फिलिपे काउटिन्होले २० मिनेटमा गोल गरेर अग्रता लिएका थिए। पहिलो हाफ १-० को अवस्थामा सकिए पनि स्वीजरल्यान्डका स्टिभन जुवेरले हेडमार्फत ५०औँ मिनेटमा बराबरी गोल फर्काए। 

ब्राजिललाई बराबरीमा रोक्नका लागि स्वीजरल्यान्डका खेलाडीहरूले सक्दो मिहिनेत गरेका थिए। उनीहरूले यस क्रममा नराम्रा ट्याकलसमेत गरेका थिए। 

ब्राजिल बराबरीमा रोकिएसँगै उसको सन् १९७८ यताको निरन्तरतामा ब्रेक लागेको छ। सन् १९३४ को विश्व कपमा आफ्नो पहिलो खेलमा स्पेनसँग हारेपछि ब्राजिलले ८४ वर्ष यता कहिल्यै पहिलो खेल हार्नु परेको छैन। साथै ब्राजिलसँग विश्व कपको पहिलो १८ मध्ये १६ खेल जितेको कीर्तिमान पनि छ। त्यसलाई रुसमा पुगेर स्वीजरल्यान्डले तोडिदिएको छ। 

समूह ई मा रहेको ब्राजिललाई यो बराबरीसँगै दबाब बढेको छ। यो समूहको शीर्षस्थानमा तीन अंकका साथ सर्बिया रहेको छ। उसले कोस्टारिकालाई पराजित गरेको थियो। ब्राजिलले अब शुक्रबार कोस्टारिकाको सामना गर्ने खेलतालिका रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.