|

काठमाडौं : गत जेठ २० गते विश्व वातावरण दिवसको एक दिनअघि गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत सवारीसाधनको प्रदूषण जाँच गर्न भन्दै एकाबिहानै सडकमा उत्रिए।

बिहान ७ ३० मा राजधानीको थापाथली सडकमा दलबलसहित माक्स लगाएर आफैँ सवारीसाधनको प्रदूषण जाँच  गर्न तम्सिए। दुवै मन्त्रीको उपस्थितिमा करिब आधाघण्टा सवारीसाधनको प्रदूषण जाँच भयो।

नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार जब दुवै मन्त्री प्रदूषण जाँच भइरहेको थापाथली सडकबाट हिँड्ने तरखरमा लागे तब जाँचमा संलग्न एक अधिकारीले मन्त्रीद्वयलाई उनीहरूको सवारीसाधनको पनि प्रदूषण गराउन सुझाव दिए तर मन्त्रीहरूले मानेनन्। आफ्ना सवारीसाधन जाँचमा फेल भए आलोचना हुने डरले मन्त्रीद्वयले सवारस्साधन जाँच गर्न अस्वीकार गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.