|

काभ्रेपलाञ्चोक : बनेपा नगरपालिकाले कार्यालय आसपासको सडकलाई अमेरिकी प्रविधिको प्रयोग गरी सडक पिच गरेको छ। नगरपालिका जाने गर्ने बसपार्कको प्रवेशद्वारदेखि नगरपालिकाको मुख्य गेटसम्म उक्त प्रविधिबाट सडक पिच गरेर नमुना परीक्षण गरिएको नगरपालिकाले जनाएको छ।

पिचका लागि खनेको माटोमा पहिला क्याल्सियम कार्बाेनेट पाउडर छरी रोलरले पेल्ने, त्यसमाथि एग्रिवाइन भन्ने केमिकल छर्केर त्यसैको प्रयोग गरी पिच गरिएको हो।

यो प्रविधि नेपालमा पहिलो प्रयोग भएको बताइएको छ। इकोसेन्ट्रिक नामक अमेरिकी कम्पनीले नेपालमा शाखा स्थापना गरेर नेपालमा परीक्षण गरिरहेको इकोसेन्ट्रिकका सदस्य उपेन्द्र भट्टराईले बताए। ‘यो प्रविधिबाट सडक पिच गर्दा ग्राभेल, रोडा, ढुंगा, नयाँ माटो, सिमेन्ट र अलकत्र केही चाहिँदैन,’ भट्टराईले भने, ‘जस्तो सडकमा पनि यो प्रविधिको पिच गर्न सकिन्छ।’ उक्त प्रविधिबाट गरेको पिचमा रसायनले माटोलाई कडा बनाएर जाम गराउँछ र माटोलाई हल्लिन नदिने कम्पनीले जनाएको छ।

यस प्रविधिबाट निर्मााण गरिएको सडकमा करिब ७०० टन भार क्षमता धान्ने र पाँच वर्षसम्म टिक्ने इकोसेन्ट्रिक कम्पनीको दावी छ। यसका साथै परम्परागत प्रविधिबाट निर्माण गरिएको सडकभन्दा ४० प्रतिशत कम लागतमा काम सम्पन्न गर्न सकिने जनाएको छ। नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादेले यस प्रविधि सफल भएमा नगरका अन्य सडकहरुमा प्रयोग गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.