|

हेटौँडा : कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार अपराह्न हेटौँडामा बस्दैछ। बैठक अपराह्न ४ बजेपछि कांग्रेस मकवानपुरको जिल्ला पार्टी कार्यालयमा बस्ने भएको हो।

बैठकमा मंगलबारदेखि ३ दिन हेटौँडामा हुने जिल्ला सभापतिहरुको राष्ट्रिय भेलालाई व्यवस्थित ढंगले अघि बढाउने भन्ने बारेमा केन्द्रित हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू आइतबारदेखि नै हेटौँडा आउने क्रम शुरु भइसकेको छ भने जिल्ला सभापतिहरू सोमबार हेटौँडा आइपुग्ने  कांग्रेस मकवानपुरका जिल्ला सचिव बुद्ध लामाले बताए।

असार ५, ६ र ७ गते हुने जिल्ला सभापतिहरुको भेलामा केन्द्रीय कार्यसमिति र जिल्ला सभापतिहरु गरी तीनसय जना प्रतिनिधि रहने जनाइएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.