|

ताप्लेजुङ : मालपोत कार्यालय र नापी कार्यालय ताप्लेजुङको भवन निर्माणमा कार्यरत मजुदरले ठेकेदारले ज्याला नदिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन्। गत कात्तिकदेखि नै काम गर्दै आएका ११ मजदुरले ज्याला नपाएको भन्दै आइतबार उजुरी गरेका हुन्। 

काम गरेको ज्याला माग्दा ठेकेदारले उल्टै धम्क्याउने गरेको उजुरीमा उल्लेख छ। यस्तै ठेकेदारले पैसा दिने हाकिम छैन भनेर टार्ने गरेको र 'काम छाडेर हिड्यौ भने पारिश्रमिक नै पाउँदैनौ' भनेर धम्क्याउने गरेको उनीहरूको गुनासो छ। ठेकेदार याम लावुङले हेड मिस्त्रीलाई दैनिक १२ सय र सहयोगीलाई अाठ सय २५ रुपैँया दिने शर्त गरी कात्तिक १५ देखि काम लगाएको उनीहरूले निवेदनमा जनाएका छन् । 

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले यो विषयमा छानबिन गर्ने अाश्वासन दिए। मजदुरको निवेदन जिल्ला प्रहरी कार्यालयमा पठाइएको र त्यहाँबाट अनुसन्धान गरी कारबाही अघि बढाउने बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.