|

दैलेख : नेपाल विद्युत् प्राधिकरणले देशभर कतै 'लोडसेडिङ' नहुने घोषणा गरेको छ तर दैलेखको गुराँस र डुङ्गेश्वर गाउँपालिकामा एक महिना यता तीन घण्टा मात्र बिजुली अाउने गरेको छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग सिमाना जोडिएका गुराँस र डुङ्गेश्वर क्षेत्रमा दैनिक तीनदेखि देखि चार घण्टामात्र बिजुली अाउने गरेको स्थानीय उपभोक्ता बताउँछन्।

विद्युत् अनियमित हुने गरेपछि सर्वसाधारण मारमा परेका छन्। विद्युत् नियमित नभएका कारण जिल्लामा प्रकाशन हुने पत्रपत्रिका र प्रसारण हुने रेडियोसमेत प्रभावित भएका छन्।

विद्युत् समस्याका कारण सर्वसाधारणले सरकारी कार्यालयहरूबाट सहज रूपमा सेवा पाउन सकेका छैनन्। गुराँस गाउँपालिकामा विद्युतसँगै इन्टरनेट तथा मोबाइल नेटवर्कमा पनि समस्या रहेको भन्दै स्थानीयले समाधान गर्न सम्बन्धित निकायलाई बारम्बार जानकारी गराएका छन्।

लगातार पानीसँगै आएको हावाहुरीले पोल ढालेपछि विद्युत् नियमित गर्न समस्या भएको नेपाल विद्युत् प्राधिकरण दैलेख जिल्ला प्रमुख धीरेन्द्र बजगाईँले जानकारी दिए। जिल्लाभर एउटै वितरण प्रणाली  रहेका कारण कुनै एक स्थानमा बिग्रेपछि जिल्लाभर विद्युत् अवरुद्ध हुने गरेको छ। 

'सबै क्षेत्रमा लाइन एउटै भएका कारण एक ठाउँमा समस्या हुँदा सबै क्षेत्रमा आपूर्तिमा समस्या हुने गरेको छ', बजगाईँले भने, 'विद्युत् अापूर्ति नियमित हुन अझ केही दिन लाग्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.