|

जाजरकोट : डोल्पाको हिमाली यार्सापाटनमा एकजनाको घाँटी रेटेर हत्या गरिएको छ। डोल्पो बुद्ध गाउँपालिकाको किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको सोमबार राति करिब ९ बजेतिर घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ। यार्सागुम्बा टिप्न गएका रोल्पाको उवा घर भई हाल चनौटा बस्दै आएका पुनमगरको हत्या भएको छ।
 डोल्पोबुद्ध गाउँपालिकाको किम्जुङ पाटनमा उनको हत्या गरिएको शव भेटिएको प्रहरीले जानकारी दिएको छ। मृतक कर्ण पुनमगरका साथमा  करिब ७५ हजार नगद भेटाएको डिएसपी शर्माले जानकारी दिए। शर्माका अनुसार मगरको हत्याबारे अनुसन्धान भइरहेको छ।

सञ्चारको सुविधा नभएका कारण राति करिब १ बजेतिर प्रहरी चौकी धोमा जानकारी आएको र तत्काल धो चौकीबाट सईको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेको प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए। 
उनका अनुसार सोमबार बिहान सदरमुकाम दुनैबाट इन्सपेक्टरको कमाण्डमा थप प्रहरी पठाएको तर सदरमुकामबाट घटनास्थल पुग्न करिब तीन दिन लाग्ने भएकाले घटनाबारे थप जानकारी आउन समय लाग्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.