|

भक्तपुर : माध्यमिक शिक्षा परीक्षा अर्थात् एसर्इई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। 

गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ। 

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजु गर्ने काम भइरहेको जानकारी दिए। उनले भने, ‘नतिजा प्रकाशनका लागि अन्तिम तयारीमा जुटेका छौं कुनै प्राविधिक गडबढी भएन भने पाँच दिनभित्र नतिजा सार्वजनिक गर्छौं।’ यसवर्षको परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.