|

काठमाडौं : छाँटकाँट हेर्दा यो विश्व कप स्तब्ध र अप्रत्यासित नतिजाको ठेली तयार पार्दैछ। ठूला टोलीहरु विश्व विजेता बन्ने विश्वासका साथ रुस आएपनि तिनीहरुले पहिलो चरणका पहिलो खेलहरुबाटै प्रभाव जमाउन सकिरहेका छैनन्। सन् २००६ को विश्व विजेता इटालीले छनोट चरणबाटै बाहिरीएर सबैलाई अचम्ममा पार्न सुरु ग¥यो। सन् २०१० को उपविजेता नेदरल्यान्डसमेत यो विश्व कप खेल्न असफल रह्यो । 

छैटौं पटक विश्व विजेता बन्ने लक्ष्य लिएको ब्राजिलले आइतबार राति स्विट्जरल्यानडसँग बराबरी खेलेर अप्रत्यासित नजितामा र्इंट्टा थप्ने काम ग¥यो। तर, त्यसअघि आइतबार विश्व विजेता जर्मनीले मेक्सिकोसँग पराजय व्यहोर्दै पछिल्ला केही आयोजनादेखि साविक विजेताले पहिलो चरणको पहिलो खेलमा पस्कँदै आएको कमजोर प्रदर्शनलाई निरन्तरता दियो। मेक्सिकोसँग १–० ले हारेपछि प्रशिक्षक जोकिम लोको युवा खेलाडीद्वारा विश्व कप चुम्ने सपनामा नराम्रो धक्का लागेको छ। आइतबारको खेलको आंकलन गर्ने हो भने जर्मनीको प्रदर्शन विश्व विजेता बन्न लायक थिएन। तर, ब्राजिललाई पछिल्लो समय निकै बलियो बन्दै आएको स्विट्जरल्यान्डले रोक्यो। ब्राजिलको खेलमा केही चुक थियो। तर, ब्राजिल फेरी पनि विश्व विजेता बन्न नसक्ला भन्ने छैन ।

सन् २०१० मा समूह चरणको खेल त्यही स्विट्जरल्यान्डसँग हारेको स्पेन त्यही आयोजनामा विश्व विजेता बनेको इतिहासको साक्षी हामी नै छौं। यसअघि सन् २०१० मा साविक विजेता इटालीलाई पराग्वेले १–१ को बराबरीमा रोकेको थियो। तर, २००२ मा साविक विजेता फ्रान्सलाई सेनेगलले १– ले हराउँदै १२ वर्ष पुरानो कीर्तिमान दोहराएको थियो। त्यसअघि १९९० मा साविक विजेता अर्जेन्टिना कमजोर क्यामरुनसँग पहिलो खेलमा १–० ले नै हारेको थियो ।

फेरी एक पटक २०१४ मा साविक विजेता स्पेनलाई नेदरल्यान्डले पहिलो खेलमा नै ५–१ ले हरायो। अब त्यो कीर्तिमानलाई मेक्सिकोले जर्मनीलाई हराउँदै निरन्तरता दिएको छ । 

उता ३२ वर्षपछि विश्व विजेता बन्ने लक्ष्यसहित रुस आएको अर्जेन्टिनाले शनिबार राति नवप्रवेशी आइसल्यान्डसँग १–१ को बराबरीमा चित्त बुझाउनु प¥यो। अर्जेन्टिनालाई विश्व कप दिलाएर महान फुटबलर डियगो म्याराडोनाको समकक्षमा उभिने सपना बोकेका लियोनल मेसीका लागि शनिबारको बराबरी बिजुलीको तीब्र झट्काभन्दा कम थिएन। त्यसमाथि पेनाल्टिमार्पmत जितका लागि पाएको सुन्दर मौकालाई आपैंmद्वारा गुमाएका मेसीका लागि त्यो बराबरीले चुनौतीका चाङ थपिदिएको छ । 

हुनत आइसल्यान्डका पछिल्ला खेलहरुले अर्जेन्टिनाविरुद्ध सो टोली बलियो चुनौती बन्ने आधार देखाएका थिए। तर, विश्व विजेता बन्ने लक्ष्य बोकेको टोलीका लागि आइसल्यान्ड त्यति महंगो विपक्षी सावित हुनपर्ने थिएन। अर्जेन्टिनाको कमजोरीमा मेसीको कमजोर खेल पनि कारक भने अवश्य बन्यो ।
विश्व फुटबलमा अर्जेन्टिनाको उचाइँको अगाडि आइल्यान्ड अति कमजोर टोली हो। तर, आइसल्यान्डको जुझारु र निडर खेल नै अर्जेन्टिनालाई निरास बनाउन पर्याप्त रह्यो। हुनत सन् २०१६ मा पहिलो पटक युरोपियन च्याम्पियनसिप खेल्दै आइसल्यान्डले अन्तिम १६ मा इंग्ल्यान्डलाई पनि स्तब्ध पारेकै थियो ।

शनिबारको खेलपछि एउटा मिठो भनाइ चलनचल्तीमा समेत आएको छ, ‘आइसल्यान्डको जनसंख्या बराबर त अर्जेन्टिनामा व्यावसायिक फुटबल खेलाडी नै होलान् ।’ भनाइ जे भएपनि राम्रो फुटबल खेल्न इतिहास मात्र होइन, जनसंख्या मात्र होइन, लगाव पनि चाहिन्छ भन्ने पुष्टि आयरल्यान्डले गरेको छ। वर्षमा झन्डै ८ महिना हिउँ पर्ने अनि मात्र ३ लाख ३० हजार जनसंख्या भएको मुलुकले विश्व फुटबलमा राज गरिरहेको आपूmभन्दा झन्डै एक सय गुणा विशाल मुलुकको सपनालाई तितर–बितरपार्नु चानचुने कुरो भने होइन। ब्राजिलको हकमा पनि स्विट्जरल्यान्डमाथि हुबहु त्यही भनाइ लागु हुन्छ ।

पहिलो चरणका पहिलो खेलहरु समेत समाप्त नहुँदै उपाधिको दावेदारको आंकलन गर्न कठिन नै हुन्छ। खेल जसरी सुरु भयो, अन्त्यमा पासा त्यसरी नै पल्टिनपनि सक्छ। तसर्थ, यसपाली अर्जेन्टिना, जर्मनी र ब्राजिलको विश्व कप जित्ने सम्भावना समाप्त नै भइसकेको छैन। ती टोलीले खेलमा सुधार गरे विश्व कप जित्ने सम्भावना अहिले नै मरिसकेको पनि छैन। तरपनि, विश्व कपको इतिहासमा यस्ता कतिपय मुलुक छन्, जसले अकल्पनीय हार व्यहोर्नु परेको छ। जुन हारले अहिले पनि उनीहरुलाई झस्काइरहन्छ ।

जर्मनी ७–१ ब्राजिल, सन् २०१४, सेमिफाइनल
सन् २०१४ को विश्व कपको पहिलो सेमिफाइनल आयोजक ब्राजिल र जर्मनीबीच भयो। नेयमार र थियगो सिल्भा अनुपस्थित रहेको सो खेल टक्करकै हुने पूर्व अनुमान थियो। केही समयसम्म त ब्राजिलले खेललाई बराबरीमै राखेको पनि थियो। तर, थोमस मुलरले ११ औं मिनेटमा गोलको खाता खोलेपछि पूर्वाद्र्धमा नै जर्मनी ५–० ले अगाडि बढीसकेको थियो। त्यो नतिजा रंगशालामै वा टेलिभिजनको सेट अगाडि बसेर हेरेका कसैलाई पनि विश्वास गर्न कठिन थियो। सम्भवत, जर्मनीका प्रसंसकलाई समेत। त्यो खेलमा जर्मनीको आक्रमणपंक्ति जति ससक्त देखियो, ब्राजिलको रक्षापंक्ति त्यति नै कमजोर। तर, त्यही खेलबाट जर्मनीका मिरोस्लाभ क्लोजले विश्व कपको इतिहासमा सर्वाधिक १६ गोल गर्ने खेलाडीको कीर्तिमान पनि कायम गरे ।

नेदरल्यान्ड ५–१ स्पेन, २०१४, समूह ‘बि’
त्यसबेला स्पेन विश्व कपको साविक विजेता थियो। त्यसबेलासम्मको नियमअनुसार साविक विजेता विश्व कपमा स्वत छनोट हुन्थ्यो। दोहराएर विश्व कप जित्ने सम्भावनासहित ब्राजि पुगेको स्पेनले पहिलो खेल मै हुलुकासँग लिइएको नेदरल्यान्डसँग स्तब्ध हुनुप¥यो। त्योपनि ५–१ गोल अन्तरले। खेलको २७ औं मिनेटमा जाबि एलेन्सोले पेनाल्टिबाट गोल गरेपछि स्पेनले गोलसंख्या बढाउने अनुमान थियो तर, ४४ औं मिनेटमा रोवि भ्यान पर्सीको गोलपछि पूर्वाद्र्धको खेल बराबरीमा टुंगिएको थियो। तर, उत्तराद्र्धमा स्पेन अकल्पनीयरुपमा कमजोर बनेपछि नेदरल्यान्डले अर्को ४ गोल थपेको थियो। जसका कारण साविक विजेता पहिलो चरणबाटै घर फर्कियो ।

सेनेगल १–० फ्रान्स, २००२, समूह ‘ए’
सन् २००२ मा फ्रान्स साविक विजेताका रुपमा विश्व कप खेल्न आएको थियो। मुख्य खेलाडी जिनेदिन जिदान घाइते भएपनि जापान र दक्षिण कोरियाले संयुक्त आयोजना गरेको सो विश्व कपमा फ्रान्सले फेरी ४ वर्षअघिको सफलता दोहराउने विश्वास गरिएको थियो। तर, सो विश्व कपकै उद्घाटन खेलको म्यान अफ द म्याच अल हाज्दी डियोफ तथा सेनेगलले फ्रान्सलाई हराएपछि साविक विजेता पहिलो चरणबाटै घर फर्कियो भने सेनेगललाई क्वार्टरफाइनलमा टर्कीले पराजित ग¥यो ।

दक्षिण कोरिया २–१ इटाली, २००२, प्रिक्वार्टर फाइनल
सन् २००२ को विश्व कपको आयोजकमध्ये एक दक्षिण कोरिया समूह चरणबाट अगाडि बढ्छ भन्ने कल्पनासमेत कमैले गरेका थिए। खेलको १८ औं मिनेटमा अजौरीको गोलले दक्षिण कोरियाको यात्रामा पूर्णविराम लाग्ने सम्भावना बढ्दै जाँदा ८८ औं मिनेटमा सिउल कि हुनले खेललाई अतिरिक्त समयमा धकेल्न सफलता पाए। त्यसपछि फ्रान्सेस्को टोटीले रातो कार्डको सामना गर्नु प¥यो भने चौथो मिनेटमा पेनाल्टिमा असफलता पाएका आन जुन हुवानले १ सय १७ औं मिनेटमा गोल्डेनगोल गर्दै इटालीलाई स्तब्ध बनाए। सो प्रतियोगितामा दक्षिण कोरिया चौथो बनेको थियो ।

क्यामरुन १–० अर्जेन्टिना, सन् १९९०, समूह ‘बि’
साविक विजेताका रुपमा फ्रान्सले २००२ मा जुन परिणाम व्यहो¥यो, सन् १९९० मा अर्जेन्टिनाले त्यो नियति व्यहोरिसकेको थियो। प्रतियोगिताको उद्घाटन खेलमा क्यामरुन तथा फ्रान्कोज ओमाम बियिक अर्जेन्टिनालाई स्तब्ध बनाउने अपजसको भागीदार बने। तर, त्यस्तो स्तब्धपूर्ण नतिजापछि पनि अर्जेन्टिनाले फाइनलको यात्रा तय गरेको थियो ।

अल्जेरिया २–१ पश्चिम जर्मनी, सन् १९८२, समूह २ खेल
मरभूमिको ‘ब्वाँसो’ का रुपमा फुटबल मैदानमा परिचित अल्जेरिया १९८२ मा पहिलो पटक विश्व कप खेल्दै थियो। त्यसबेला जर्मनी युरोपियन च्याम्पियन बनेर सदा झैं ट्रफीको दावेदारका रुपमा विश्व कपमा आएको थियो। तर, अल्जेरियाले त्यो खेल २–१ ले जित्दै विश्व कपमा महानमध्ये एक उपलब्धि हात पा¥यो। यद्यपि सो विश्व कपमा फाइनलसम्म पुगेको पश्चिम जर्मनीलाई इटालीले ३–१ ले हराउँदै विश्व विजेता बनेको थियो ।

स्कटल्यान्ड ३–२ नेदरल्यान्ड, सन् १९७८, समूह ४ खेल
त्यो समय नेदरल्यान्ड फुटबलको उचाइँमा थियो। समूहको खेलमा नेदरल्यान्डले सहजै स्कटल्यान्डलाई हराउने पूर्वानुमान विपरित ३–२ ले हा¥यो। त्यो जितका बाबजुद स्कटल्यान्ड समूह चरणबाटै बाहिरियो भने नेदरल्यान्ड फाइनलसम्म पुगेर अर्जेन्टिनासँग ३–१ ले पराजित भयो ।

उत्तर कोरिया १–० इटाली, सन् १९६६, समूह ४ खेल
सन् १९६६ मा उत्तर कोरिया खेलका आधारमा कसैले गन्ने टोली थिएन। त्यसबेला सो मुलुक समूह चरणमा कुनै अंक हात नपारिकनै घर फर्कन्छ भन्ने सोचाइ थियो। विश्व कपको पहिलो खेलमा तत्कालिन सोभियत संघसँग ३–० ले हारेपछि त उत्तर कोरियालाई विश्व कप खेल्न लायक समेत नरहेको टिप्पणी गरियो। तर, अर्को खेलमा पाक डो इकको एकमात्र ऐतिहासिक गोलको मद्दतबाट इटालीले हार मात्र व्यहोरेन समूह चरणबाटै घर फर्कने आधार पनि तयार बन्यो ।

संयुक्त राज्य अमेरिका १–० इंग्ल्यान्ड, सन् १९५०, समूह २ खेल
‘पार्ट टाइम’ खेलाडीका भरमा विश्व कप खेल्न आएको अमेरिकाले त्यसबेला इंग्ल्यान्ड जस्तो ससक्त टोलीलाई हरायो। त्यसबेलासम्म इंग्ल्यान्डले दोस्रो विश्व युद्धपछि खेलेका खेलमा २३ जित, ३ बराबरी र मात्र ४ हार व्यहोरेको थियो। त्यसबेला इंग्ल्यान्डको सपना विश्व कप नै जित्ने थियो। तर, हाइटीमा जन्मिएका जो जाइत्जेनले ३८ औं मिनेटमा गरेको ऐतिहासिक गोलले अमेरिकाको जित मात्र भएन विश्व कप इतिहासमा स्तब्धपार्ने ठूला नतिजा मध्ये एकमा त्यो खेल पनि समावेस भयो ।
- एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.