|

काठमाडौं : शिव परियारको स्वर रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक 'मंगली' बोलको गीतमा गीतमा शंकर थापा 'स्माइल'को संगीत तथा प्रह्लाद शाहका शब्द छन्।

विकास सुवेदी निर्देशित भिडियोमा आँचल शर्मा र सुशान्त खत्रीको अभिनय रहेको छ। सुशान्त भारतीय डान्स रियालिटी सो ‘डान्स प्लस २’मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडि नृत्य गरेर चर्चामा आएका थिए।

पछिल्लो समयमा थुप्रै चर्चित गीतहरु बजारमा ल्याइरहेको डश म्युजिकले व्यवस्थापन गरेको गीतका प्रस्तोता गीतकार प्रह्लाद शाह हुन् । गीतका संगीत संयोजक उदयराज पौडेल हुन्। भिडियोमा छायांकन अनिल के. मानन्धरको रहेको छ भने सम्पादन सुप्रिम पराजुली हुन्।

हेर्नुहोस् भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.