|

काठमाडौं : दिल्लीको एनसीआरमा चोरी गर्ने चार जनालाई प्रहरीले समाएको छ। यीनीहरुले होलसेल सोरुमलाई निशाना बनाएर चोरी गर्दथे। यीनीहरुले गाडीहरुको चोरी समेत गर्थे ।

उनीहरुको साथबाट प्रहरीले चोरीका सामानले भरिएका ट्रक समेत फेला पारेको छ। डिएसपी सन्तोष कुमार मिणाका अनुसार जुन पाँचमा मिलेको सुचना अनुसार उनीहरुलाई पक्राउ गरिएको हो। जुन पाँचमा एक सोरुममा चोरी भएको भन्ने सूचना प्रहरीलाई मिलेको थियो। उनीहरुले सटर फोडेर कस्मेटीक पसलमा समेत चोरी गरेका थिए। उनीहरुले चोरेको सामानको मुल्य १० देखि १२ करोड हुन आउने प्रहरीले जनाएको छ। 

ट्रकमा तेल, स्याम्फु, वासिङ पाउडर, खानेकुरा र जुत्ता फेला परेको छ। उनीहरुको साथबाट ७०० जोडी जुत्ता फेला परेको छ भने घरमा प्रयोग हुने समानहरु पनि फेला परेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.