|

काठमाडौं : फिल्म 'मेरी मामु'को छायांकन सुरु भएको छ। ‘प्रेमगीत २’ नायिका अश्लेशा ठकुरी र 'रानी' फिल्मका नायक शारूक ताम्रकारको मुख्य भूमिका रहने फिल्मको सोमबारबाट छायांकन प्रारम्भ गरिएको हो। 

'चङ्खे शङ्खे पङ्खे', 'प्रेम गीत', 'प्रेम गीत २' निर्माता सन्तोष सेनले निर्माण गर्ने फिल्म 'मेरी मामु'लाई यम थापाको निर्देशन गर्नेछन्। निर्देशक थापाकै कथा रहेको फिल्म 'मेरी मामु'ले एक आमा र छोराको कथा बोल्छ।

फिल्ममा निर्माता सेनका ६ वर्षे छोरा आयूब सेन लिड रोलमा रहनेछन् भने उनको आमाको भूमिकामा नव-नायिका कुसुम गुरुङ अनुबन्ध भएकी छन्। भदौ १५ गतेलाई प्रदशर्न मिति तय गरेको फिल्ममा भूवन चन्द, दुर्गा मल्ल, कृजन गौतम, शुभम विष्टलगायतको अभिनय रहनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.