|
कार्यकाल निर्धारण गर्ने चिट्ठा राखिएको गोलो देखाउँदै गृहमन्त्री थापा र अर्थमन्त्री डा. खतिवडा।

काठमाडौं : राष्ट्रियसभा सदस्यहरूको पदावधि टुंगो लागेको छ। संवैधानिक व्यवस्था अनुसार गोलाप्रथाबाट पदावधि टुंगिएको हो। गोलाप्रथा अनुसार १९ जनाको छ वर्ष, २० जनाको चार वर्ष र २० जनाको दुई वर्ष कार्यकाल कायम भएको छ। 

पहिलो पटक राष्ट्रियसभाको निर्वाचन भएकाले संविधानले नै सदस्यहरूको कार्यकाल छ वर्ष, चार वर्ष र दुई वर्ष हुने व्यवस्था गरेको थियो। राष्ट्रियसभामा हरेक दुई वर्षमा २० जना नयाँ सदस्यहरू निर्वाचित हुने व्यवस्था रहेको छ। सोही व्यवस्थाको कार्यान्वयनका लागि राष्ट्रियसभाका सदस्यहरूको पदावधि गोलाप्रथाबाट टुंग्याइएको हो। 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाको पदावधि छ वर्षको भएको छ। उपाध्यक्ष शशीकला दाहालको कार्यकाल चार वर्ष कायम भयो। राष्ट्रियसभाका दुई सदस्य वर्तमान केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् सदस्य छन्। जसमा गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री डा. युवराज खतिवडा रहेका छन्। 'लक्की ड्र'मा गृहमन्त्री थापाको कार्यकाल छ वर्ष कायम भयो भने अर्थमन्त्री डा. खतिवडा भने 'अनलक्की' सावित भए। उनले कार्यकालका लागि खोलेको 'ड्र'ले दुई वर्षको कार्यकाल लेखेको चिट्ठा निकाल्यो। गोलाप्रथामा गृहमन्त्री थापा भाग्यमानी देखिए भने अर्थमन्त्रीलाई भाग्यले साथ दिएन। गोलाप्रथाका आधारमा सदस्यहरूको कार्यकाल टुंगिएको हो।

अर्थमन्त्री खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल मात्र दुई वर्ष भएको छैन उनको मन्त्रीको पद पनि दुई वर्षमा सीमित भएको छ। संवैधानिक व्यवस्था अनुसार मन्त्रिपरिषद् सदस्य हुनका लागि संघीय संसदको सदस्य अनिवार्य रुपमा हुनुपर्छ। मन्त्रिपरिषद् सदस्य भएको छ महिनाभित्र संघीय संसद सदस्य निर्वाचित भएन भने उक्त मन्त्रीको पद संवैधानिक रुपमा स्वतः खाली हुने व्यवस्था छ। मन्त्री खतिवडा फेरि संघीय संसद सदस्य निर्वाचित भएनन् भने संसद सुरु भएको मितिबाट उनको पद बढीमा २ वर्ष ६ महिनाको मात्रै हुने भएको छ। संघीय संसदको सदस्यका हिसाबले गृहमन्त्री रामबहादुर थापा बादलको मन्त्री पद भने पूर्ण कार्यकालको हुने भएको छ। 

हाल राष्ट्रियसभा सदस्यमा ५९ जना छन्। जसमध्ये सबै सांसदहरूको पद दुई, चार र छ वर्षका लागि कायम भएको छ। हेर्नुहोस्, राष्ट्रियसभाका कुन सदस्यको पद कति वर्षको भयो:

क्र.सं., राष्ट्रियसभा सदस्यको नाम, कार्यकाल (वर्षमा)

१. अगमप्रसाद वान्तवा राई - ४

२. अनिता देवकोटा - ६

३. इन्दु कडरिया - ६

४.उदया शर्मा पौडेल - ४

५. कमलाकुमारी वली - २

६. कविता बोगटी - ४

७. कालीबहादुर मल्ल - २

८. कोमल वली - ४

९. खिमबहादुर वि.क. - ४

१०. खिमलाल भट्टराई - ६

११. खेमराज नेपाली - २

१२. गणेशप्रसाद तिमिल्सिना - ६

१३. चक्रप्रसाद स्नेही - ४

१४. चन्द्रबहादुर खड्का - ४

१५. जितेन्द्रनारायण देव - ६

१६. जीवन बुढा - ४

१७. ठगेन्द्रप्रकाश पुरी - ४

१८. तारादेवी भट्ट - ४

१९. दीनानाथ शर्मा - ४

२०. दिपा गुरुङ - ६

२१. दिलकुमारी रावल थापा 'पार्वती' - ६

२२. दुर्गाप्रसाद उपाध्याय - २

२३. धनकुमारी खतिवडा - २

२४. नन्दा चपाई - ६

२५. नरपति लुवार - ६

२६. नैनकला ओझा - ४

२७. परशुराम मेघी गुरुङ - ४

२८. प्रकाश पन्थ - ६

२९. प्रमिला कुमारी - ६

३०. बद्रीप्रसाद पाण्डे - २

३१. बलरामप्रसाद बाँस्कोटा - २

३२. भैरवसुन्दर श्रेष्ठ - ६

३३. महेशकुमार महरा - ६

३४. मिना बुढा - २

३५. कुम्ताकुमारी यादव - २

३६. डा. युवराज खतिवडा - २

३७. यूटोल तामाङ - २

३८. रमेशजंग रायमाझी - ६

३९. रमेशप्रसाद यादव - २

४०. राजकुमार कुवर - २

४१. राधेश्याम अधिकारी - ४

४२. रामचन्द्र राई - ६

४३. रामप्रित पासवान - २

४४. रामबहादुर थापा मगर - ६

४५. रामलखन चमार - ४

४६. रामनारायण विडारी - ४

४७. विन्दादेवी आले (राना) - २

४८. विना पोखरेल - ६

४९. डा. विमला राई पौड्याल - ६

५०. वृषेशचन्द्र लाल - २

५१. शशिकला दाहाल - ४

५२. शान्तीकुमारी अधिकारी जि.सी. - ४

५३. शेरबहादुर कुँवर - ४

५४. सरिता प्रसाई - २  

५५. सिंहबहादुर विश्वकर्मा - ६

५६. सुमनराज प्याकुरेल - ४

५७. सुरेन्द्रराज पाण्डे - २

५८. हरिराम चौधरी - ६

५९. हरीचरण शिवाकोटी - २

संघीय संसद सचिवालयले औपचारिक रुपमा जारी गरेको कार्यकाल निर्धारणसम्बन्धी पत्र:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.