|

गोरखा : पूर्वयुवराज पारस शाह गोरखा आउने भएका छन्। गोरखकाली मन्दिरमा पूजाआजा गर्न र गोरखाका राजावादीहरुसँग भेट गर्न पारस गोरखा आउने भएका हुन्। मंगलबार गोरखा आउने भए पनि उनले पूजाआजा भने बुधबार मात्रै गर्ने पारस शाह गोरखा भ्रमण योजनाका व्यवस्थापक सविन खड्काले जानकारी दिए।

‘युवराज पाँच गते दिउँसो गोरखा आइपुगिबक्सनेछ’ उनले भने ‘त्यही दिन यहाँका विशेष राजावादी व्यक्तिहरुसँग भेटघाट गर्ने योजना रहेको छ।’ बुधबार भने पूर्वयुवराज शाहलाई बिहानै लक्ष्मीबजारदेखि गोरखा दरबारसम्म राष्ट्रिय झण्डासहितको मोटरसाइकल र्‍यालीले गोरखा दरबार पुर्‍याउने कार्यक्रम रहेको खड्काले जानकारी दिए।  

बिहान ९:३० बजे पूर्वयुवराज शाहले गोरखकाली मन्दिरमा विशेष पूजाअर्चना गर्नेछन्। गोरखकाली शाहहरुको कुल देवताको मन्दिरसमेत हो। गोरखकाली मन्दिरको विशेष पूजा सकेलगत्तै शाह गोरखा संग्राहलय अवलोकनका लागि जाने खड्काले जानकारी दिए।

११ बजे गोरखा संग्राहलयको अवलोकनका साथै संग्राहलय परिसरमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्र्यापण गर्ने कार्यक्रम छ। साथै उनले सोही ठाउँमा शुभचिन्तक तथा राजावादीहरुसँग र स्थानीयहरुसँग भेटघाट गर्नेछन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.